विदेशी लगानीको विशेष सुरक्षा गछौँ– परराष्ट्रमन्त्री डा महत
काठमाडौँ, २२ वैशाख । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालमा विदेशी लगानीको विशेष सुरक्षा गरिने बताएका छन् ।
थाइल्यान्डस्थित नेपाली राजदूतावास र सिङ्गापुरस्थित नेपाली अवैतनिक महावाणिज्य दूतावासद्वारा बिहीबार साँझ सिङ्गापुरमा आयोजित नेपालको पर्यटन, व्यापार तथा लगानी सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालमा लगानीका लागि विदेशी लगानीकर्तालाई आग्रह गरेका हुन् ।
सिङ्गापुरका उद्योगी व्यवसायी, आर्थिक तथा कूटनीतिक क्षेत्रका व्यक्तित्व, विभिन्न विश्वविद्यालयका प्राध्यापक सहभागी सो सम्मेलनमा मन्त्री डा महतले नेपालमा जलस्रोत, पूर्वाधार विकास, पर्यटन, कृषि, सूचना प्रविधिलगायतका कैंयौँ क्षेत्रमा लगानीको अवसर रहेको स्पष्ट गरे ।
उनले नेपालमा लगानीको वातावरण नरहेको भनी बाहिरबाट गर्ने गरिएका टिप्पणी यथार्थभन्दा बाहिरका हुन् भन्दै लामो राजनीतिक अस्थिरतापछि नेपाल यतिखेर शान्ति, स्थिरता र विकासको मार्गमा अघि बढेकाले नेपालमा लगानीको उचित वातावरण निर्माण भएको बताए ।
उनको भनाई थियो– “हामी विदेशी लगानीलाई कसरी सुरक्षित र आकर्षित गर्न सकिन्छ भन्नेमा सचेत छौँ र यस्तो लगानीलाई सहज र सुरक्षित बनाउने गरी हामीले नियम कानुनको निर्माण गरेका छौँ ।”
नेपालसँग स्रोत र सम्भावना कैयौँ रहे पनि प्रविधिको अभावमा पछि पर्नु परिरहेको यथार्थ प्रस्तुत गर्दै मन्त्री डा महतले नेपालमा लगानी प्रवद्र्धनका लागि हाल निर्मित सहज वातावरणको सही सदुपयोग गर्न सकिएमा नेपाल र लगानीकर्तालाई समेत फाइदा पुग्नेतर्फ सोच्न आग्रह गरे ।
मन्त्री डा महत सो सम्मेलनमा सहभागिताका लागि गत बुधबार सिङ्गापुर गएका हुन् ।
मन्त्री डा महत नयाँदिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने
यसैबीच मन्त्री डा महत आज बिहान नयाँदिल्ली पुगेका छन् । भारतीय राजधानी नयाँ दिल्लीस्थित नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतहरुको सम्मेलनको उद्घाटनका लागि उहाँ त्यहाँ पुग्नुभएको मन्त्री महतका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले जानकारी दिए । सो सम्मेलन आज साँझबाट सुरु हुनेछ ।
मन्त्री डा महत र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच आज अपरान्ह नयाँदिल्लीमा द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम रहेको छ । दुई दिने उक्त सम्मेलनको परराष्ट्रमन्त्री डा महत र भारतीय विदेशमन्त्री सुस्मा स्वराजले संयुक्त रुपमा उद्घाटन गर्नेछन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण