संसद अवरोध कायमै राख्ने विपक्षी गठबन्धनको निर्णय
काठमाडौ, बैशाख २२ – प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव संसदमा टेवल गर्ने सुचनापछि प्रमखु प्रतिपक्षसहितका विपक्षी गठबन्धनको बैठकले जर्बजस्ती टेवल गरिने प्रस्तावको विरोध गर्ने निर्णय गरेको छ ।
आज बिहानको बैठकमा सभामुख ओनसरी घर्तीले प्रधानन्यायाधीश सुशीला कार्कीबिरुद्ध संसद्का २४९ सांसदले दर्ता गरेको महाभियोगको सूचनासम्बन्धी प्रस्ताव संसद्मा टेबल गर्ने समय निर्धारण गरेको सूचना दिएकी थिइन् ।
बैठकपछि प्रतिपक्षी गठबन्धनको बैठक संसद् परिसरमै बसेको थियो । बैठकपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले महाअभियोगको प्रस्ताव जर्वजस्त पेश गरेकाले विपक्षी गठबन्धनले अवरोध कायमै राख्ने निर्णय भएको बताए ।
यसअघिको बैठकमा एमालेसहित विपक्षीहरुले नाराबाजीसहित वेल घेराउ गर्दागर्दै सभामुख ओनसरी घर्तीले महाभियोग प्रस्ताव संसद्मा टेबल गर्ने समय तय भएको जानकारी गराएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण