सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

ओखलढुङगामा लाइसेन्सप्राप्त एउटै हतियार बुझाइएन

शुक्रबार, २२ वैशाख २०७४, १६ : १३
शुक्रबार, २२ वैशाख २०७४
ओखलढुंगा, बैशाख २२– सरकारले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चुनाव अवधिमा लाइसेन्सप्राप्त हतियार बुझाउन आग्रह गरेको भएपनि ओखलढुंगामा भने अहिलेसम्म कसैले बुझाएका छैनन् । जिल्ला प्रशासन कार्यालयले केही समयअघि सूचना जारी गर्दै लाइसेन्स प्राप्त हतियार बुझाउन आग्रह गरेको थियो । तर, अहिले सम्मको अवधिमा एकजनाले पनि हतियार नबुझाएको जिल्ला प्रहरी प्रमुख मिलन केसीले बताए । ओखलढुंगामा लाइसेन्सप्राप्त १२ थान हतियार छन् । तिमध्ये केहि थान २०७० सालको संबिधासभा निर्वाचनका क्रममा सुरक्षा फौजलाई बुझाएको भनिएको छ । जिल्लामा लाइसेन्स प्राप्त हतियार राख्ने मानिसहरु अहिले जिल्ला बाहिर रहेकाले हतियार नबुझाएको हुनसक्ने प्रहरीको अनुमान छ । यसअिघ झन्डै दुई महिनाअघि साबिकको पलापु गाबिसमा बेवारीसे अवस्थामा ६ नाल भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप