महाभियोगमा ट्वीस्ट : काममा फर्कन प्रधानन्यायाधीश कार्कीलाई बाटो खुला
२२ बैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दायर भएको महाअभियोगको प्रक्रिया अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले सो आदेश दिएको हो। महाभियोग प्रस्ताव दर्ता भएपछि निलम्बित रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई आजैदेखि काममा फर्काउन पनि आदेश दिएको छ ।
अधिवक्ता सुनिल रञ्जन सिंहले महाभियोगको प्रक्रियाको विरुद्धमा रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्की बिरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव यथास्थितिमा राखी आजैबाट काम गर्न दिनका लागि अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतमा विचाराधीन रहेको प्रहरी महानिरीक्षकको बढुवासम्बन्धी मुद्दालाई आधार मानी अभियोग लगाइएको देखिए पनि त्यसको आधार स्पष्ट नभएको र संविधानको मर्म तथा भावनाअनुकूल नभएको कुरा शुरु नजरमै देखिन आएकाले सुविधा सन्तुलनको आधारमा यो निवेदनको टुङ्गो नलागुन्जेलसम्म महाअभियोगको प्रस्तावलाई यथास्थितिमा राखी आजकै मितिबाट काम गर्न दिनू भनी व्यस्थापिका संसदको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
काममा फर्कन प्रधानन्यायाधीश कार्कीलाई बाटो खुला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण