अदालतको आदेशपछि ओलीको प्रतिक्रियाः न्याय जिउँदो रहेछ
शुक्रबार, २२ वैशाख २०७४, १८ : ५७
काठमाडौं, वैशाख २२– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधान्यायाधीसविरुद्धको महाभियोगबारे सर्वोच्चले गरेको अन्तरिम आदेशले न्यायँ ज्यूदो रहेको अनुभूति भएको बताएका छन् ।
शुक्रबार कान्तिपथस्थित एल्लो प्यागोडामा आयोजित पार्टीका उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीसमाथिको महाभियोग तथाकथित झुठो रहेको भन्ने पुष्टी भएको बताए । सत्तापक्षले निहीत स्वार्थमा महाभियोग दर्ता गराएको भन्दै केही उद्देश्य पूरा भएको आरोप लगाए ।
‘कतिपय हामीलाई पनि चित्त बुझेको छैन,’ ओलीले भने, ‘तर हामीले महाभियोग लगाएका छैनौ ।’ ओलीले महाभियोग दर्ताले अझै पनि केही नबिग्रेको उल्लेख गर्दै महाभियोग फिर्ता लिन आग्रह गरे ।
एमाले अध्यक्ष ओलीले बार एशोशिएसनप्रति पनि तिखो ब्यङग्य प्रहार गरे । समयको बारदेखि रक्सीखाने बारसमेतको चर्चा गर्दै ओलीले चार किसिमको बारमध्ये सबैभन्दा खराब अदालतको बार रहेको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण