माओवादीले सार्वजनिक गर्यो ३० बुँदे चुनावी घोषणापत्र
शुक्रबार, २२ वैशाख २०७४, १७ : ०६
काठमाडौ, बैशाख २२ – माओवादी केन्द्रले स्थानीय निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार पार्टी कार्यलय कोटेश्वरमा पत्रकार सम्मेलन गर्दै माओवादीले ३० बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।
सार्वजनिक घोषणापत्रमा माओवादीले ‘माओवादी केन्द्रको उपहार, गाउनगरमा सिंहदरवार’ भन्ने मुल नारा अघि सारेको छ ।
माओवादी प्रवक्ता पम्फा भुसालले घोषणापत्र सार्वजनिक गर्दै स्थानीय तहमा समाबेशी, समानुपातिक, लोकतन्त्रका लागि माओवादीको पहिलो प्रयास रहेको बताइन् । सार्वजनिक घोषणापत्रमा संविधानमा समेटेएका २२ वटा अधिकार स्थानीयस्तरमा लागू गर्न माओवादी प्रतिवद्ध रहेको उल्लेख छ ।
त्यस्तै माओवादी घोषणापत्रमा किसानलाई भुमिको अधिकार, गाउगाउमा वाइफाई, उपभोक्तामुखी बजारको व्यवस्था, तीव्र शहरीकरणलगायतका विषयलाई समेटेको छ ।
स्थानीयस्तरमा माओवादीले यसअघि नै जारी गरेको घोषणापत्र केन्द्रबाट भने शुक्रबार मात्रै सार्वजनिक गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण