सभामुखले मर्यादाविपरित कदम चालेको एमालेको आरोप
काठमाडौँ, वैशाख २२ – प्रमुख प्रतिपक्ष नेकपा एमालेले सभामुख ओनसरी घर्ती संसदीय मर्यादाविपरित चलेको आरोप लगाएको छ ।
एमालेले विपक्ष दलहरुको अवरोधका बीच सभामुख घर्तीले प्रधानन्यायाधिश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्ताव संसदमा प्रवेश गराएर संसदीय मर्यादा विपरितको गतिविधि गरेको दावी गरेको हो ।
शुक्रबार संसद भवनबाट बाहिरिने क्रममा एमाले उपाध्यक्ष भीम रावलले सभामुख घर्तीले संसदीय मर्यादा, त्यसको स्थापित मान्यतालाई समेत ख्याल नगरी विपक्ष दलहरुको विरोधका बीच महाअभियोग प्रस्ताव अघि बढाएको भन्दै आपत्ति जनाए ।
एमालेले स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप हुनेगरी आएको प्रधानन्यायाधिश कार्कीमाथिको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन वा प्रक्रियामा लगेर छिटो टुंगो लगाउन सरकार र सत्तारुढ काँग्रेस–माओवादी केन्द्रलाई दवाव दिँदै आएको छ ।
उपाध्यक्ष रावलले प्रधानन्यायाधिश कार्कीमाथिको महाअभियोग प्रस्ताव संसदमा छलफल हुनै नदिने चेतावनी पनि दिनु भयो । एमालेसहितका विपक्ष दलहरुले अवरोध गरेपछि शुक्रबार बसेको संसद बैठकमा महाअभियोग प्रस्ताव पेस नै हुन सकेन । सत्तारुढ काँग्रेस र माओवादी केन्द्रले कार्यपालिकामाथि हस्तक्षेप गरेको लगायतका ८ बुदे अभियोग लगाउँदै प्रधानन्यायाधिश कार्कीमाथि गत आईतबार संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण