अन्तिम नामावली प्रकाशितः ३४ जिल्लामा ५० हजार उम्मेदवार
शुक्रबार, २२ वैशाख २०७४, १७ : ४८
काठमाडौ, बैशाख २२ – स्थानीय तह निर्वाचनअन्तर्गत पहिलो चरणमा तीन प्रदेशका ३४ जिल्लाको २८३ स्थानीय तहका लागि बैशाख १९ गते भएको उम्मेदवारको मनोनयन दर्ता गर्नेहरूको अन्तिम सङ्ख्या प्राप्त भएको छ ।
आयोगमा स्थापना गरिएको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी) ले उपलब्ध गराएको कुल उम्मेदवारको सङ्ख्या ४९ हजार ७५४ रहेको छ । कुल १३ हजार ५५६ पदका लागि उम्मेदवार मनोनयन दर्ता भएको थियो ।
आयोगले उपलव्ध गराएको तथ्याङक अनुसार अध्यक्ष तथा प्रमुखमा १,९४३, उपप्रमुख तथा उपाध्यक्ष १,४४५ वडाध्यक्ष १०,९६०, दुई पद वडा सदस्यमा १८ हजार ६८४, वडा सदस्य महिला ९,१३९, दलित वडा सदस्य महिला ७,५८३ गरी जम्मा ४९ हजार ७५४ जना उम्मेदवारले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन् ।
सबैभन्दा बढी काठमाडौं महानगरपालिकाका ८८७ र सबैभन्दा कम मनाङ जिल्लाको नारफू गाउँपालिकामा २३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै, पोखरा–लेखनाथ महानगरपालिकामा ८६५, भरतपुर महानगरपालिकामा ७०० र ललितपुर महानगरपालिकामा ६३८ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी फिर्ता भएपछिको उम्मेदवारहरूको विवरण सङ्कलन गर्ने कार्य जारी रहेको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण