सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

प्रितीले ल्यायो ‘भोक जरुरी छ’ अभियान

शुक्रबार, २२ वैशाख २०७४, १७ : ५९
शुक्रबार, २२ वैशाख २०७४
काठमाडौं, वैशाख २२–प्रिती तयारी चाउचाउले ‘भोक जरुरी छ’ नामक अभियान ल्याएको छ । आम मानिसमा केहि गर्ने भोकलाई विकाश गर्नका निम्ति प्रितीले यो अभियान सुरु गरेको हो । एसियन थाई फुड्सको उत्पादन प्रिती तयारी चाउचाउको यस अभियान अन्तर्गत आफ्नो भोक पछ्याइ विभिन्न क्षेत्रमा सफल भएका व्यक्तिलाई उदाहरणका रुपमा लिइएको छ । प्रितीले यस अभियानमा महाविर पुन, निशा अधिकारी र ईन्दिरा राना मगर लगायत सेलिब्रेटीलाई छनोट गरेको छ । कम्पनीका अनुसार भोक सबैमा हुन्छ, जसले भोकलाई समयमै मेटाउन आफ्नो भुमिका खेल्न सक्छ ऊ नै सफल र समाजमा एउटा अलग पहिचान बन्न सक्दछ । केहि गर्ने भोक भए मात्र मानिस आफ्नो लक्ष्यलाई पछ्याउने कम्पनीको भनाइ छ । त्यसै गरी प्रिति चाउचाउले पनि उपभोक्तको भोकलाई, आफ्नो स्वादिलो चाउचाउ मार्फत सन्देश पुर्ण रुपमा भोक मेटाउने उद्देश्य अनुरुपको योजना बजारमा ल्याएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप