सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

अदालतको फैसलापछिको राजनीति : प्रधानमन्त्री र कांग्रेस सभापतिबीच छलफल

शुक्रबार, २२ वैशाख २०७४, १८ : ०४
शुक्रबार, २२ वैशाख २०७४
सर्वोच्च अदालतको पछिल्लो आदेशपछि प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारूढ दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल सुरू भएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीबारे सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच कसरी अघि बढ्ने भन्ने विषयमा संबाद जारी छ । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमसेर जवराको एकल इजलासले महाअभियोगपछि स्वत निलम्बित भएकी प्रधानन्यायाधीश सुशीला कार्कीको पक्षमा फैसला सुनाएपछि सत्तारुढ दलको धारणा बनाउन प्रधानमन्त्री प्रचण्ड र सभापति देउवावीच संबाद सुरु भएको हो । न्यायाधीश जवराको इजलासले महाअभियोग अघि नवढाउन र प्रधानन्यायाधीश कार्कीलाई आजैबाट काममा फर्कन आदेश जारी गरेको थियो । बैशाख १७ गते प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गरेको भोलिपल्ट अधिवक्ता सुनीलरन्जन सिंह र कञ्चनकृष्ण न्यौपानेले रिट दायर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप