‘महानगरमा नेपाली र नेपाल भाषालाई कामकाजको भाषा बनाइने’
शुक्रबार, २२ वैशाख २०७४, १८ : ३०
काठमाडौँ, वैशाख २२ – नेकपा (एमाले) का तर्फबाट काठमाडौँ महानगरपालिकाका प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले नेपाली र नेपाल भाषालाई महानगरको कामकाजको भाषाका रुपमा प्रचलनमा ल्याइने प्रतिबद्धता व्यक्त गरे।
आफ्नो सम्पदा र संस्कृतिसम्बन्धी आफ्नो कार्ययोजना आज सार्वजनिक गर्दै उनले नेपालको मौलिक संवत्का रुपमा रहेको नेपाल संवत्लाई पनि प्रचलनमा ल्याइने प्रतिबद्धता जनाए । शाक्यको संस्कृति र सम्पदासम्बन्धी प्रतिबद्धतामा वसन्तपुर दरबार क्षेत्र र त्यसको वरिपरिको भित्री सहरी क्षेत्रलाई समेटेर सांस्कृतिक पर्यटकीय सहरको विकास गरिने उल्लेख छ ।
यस्तै नेपालको मौलिक लिपिका रुपमा संयुक्त राष्ट्र सङ्घमा दर्ता भएको रञ्जना लिपिको विकास र प्रयोगलाई प्रोत्साहन गरिने, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र स्थानीय जनतासँगको सहकार्यमा भूकम्पबाट ध्वस्त पुरातात्विक सम्पदा, मठ, मन्दिर, पार्टी, पौवालगायत सांस्कृतिक सम्पदाको यथाशीघ्र पुनः निर्माण गरिनेछ प्रतिबद्धतामा उल्लेख छ ।
स्थानीय समुदायका जात्रा, पर्व र अन्य सांस्कृतिक क्रियाकलापको संरक्षण र विकास गरिने, महानगर क्षेत्रका सार्वजनिक जग्गा, सत्तल, पाटी, पौवा, मठमन्दिर आदिको संरक्षण गरिने, वाग्मती, विष्णुमती, मनहरा, धोबीखोलालगायत नदीलाई अतिक्रमणमुक्त गरी सफा र सुन्दर बनाइने, नदी किनारमा हरित क्षेत्र निर्माण गरिने र महानगरस्तरीय सांस्कृतिक सङ्ग्रहालयको निर्माण गरिने शाक्यको प्रतिबद्धता छ ।
महानगरका ऐतिहासिक पोखरी र धाराको संरक्षण र विकास गरिने, भाषा, साहित्य, कला र संस्कृतिको प्रवद्र्धन गर्न महानगर साहित्य पुरस्कारको स्थापना गरिने तथा टोल टोलमा रहेका भजनमण्डली र सांस्कृतिक समूहलाई संरक्षण गरिने उनको प्रतिबद्धतामा उल्लेख छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण