सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

शुक्रबार नै गरिन् प्रधानन्याधीश कार्कीले सर्वोच्चमा हाजिर

शुक्रबार, २२ वैशाख २०७४, २१ : २९
शुक्रबार, २२ वैशाख २०७४
काठमाडौं, बैशाख २२ – सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्कन आदेश दिए लगत्तै काममा फर्किएकी छिन् । प्रधानन्यायधीश कार्की विरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव स्वतन्त्र न्यायापालिकाको मर्मविपरित भएको भन्दै कार्कीलाई काममा आजै फर्कन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको आदेशपछिको अबस्थावारे प्रधानमन्त्री प्रचण्ड द कांग्रेस सभापति देउवा बीच परामर्श भएको थियो । अधिवक्ता समेत रहेका माओवादी सांसद रामनारयाण बिडारीले शुक्रवारको उक्त आदेश संसदको विशेषाधिकार हनन र संविधान विपरित हुनेगरी आएको बताएका छन् । कार्कीविरुद्धको महाअभियोग प्रस्तावले शक्ति पृथकीकरणको सिद्धान्त उल्लघंन भएको दाबीसहित अधिवक्ता सुनिलरञ्जन सिंह र कञ्चनकृष्ण न्यौपानेले बुधबार सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप