सुनसहित प्रधिकरणका अधिकृत विमानस्थलबाट पक्राउ
शुक्रबार, २२ वैशाख २०७४, २१ : ५३
काठमाडौँ, वैशाख २२ – नेपाल नागरिक उड्डयन प्राधिकरणका आठौँ तहका अधिकृतसहित दुई जना ४० तोला सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पक्राउ परेका छन् ।
कतार एअरवेजको विमान हुँदै कतारको दोहाबाट काठमाडौँ आइपुगेका यात्रु मनिष रिमाल विमानस्थलबाट ओर्लिएलगत्तै प्राधिकरणका अधिकृत किशोरकुमार खत्रीले रिमालको सो सुन आफ्नो साथमा लिएका थिए ।
विमानस्थल भन्सारका प्रमुख नारायण सापकोटाले शङ्कास्पद गतिविधि देखिएपछि भन्सारका कर्मचारीले खत्रीलाई निगरानीमा राखी यात्रु जाँच कक्षमा पुगेपछि नियन्त्रणमा लिएको जानकारी दिए ।
विमानस्थलकै कर्मचारी भएकाले जाँच नहुने र सहजै सुन बाहिर निकाल्ने दाउमा खत्री रहेका थिए । सापकोटाले भने, ‘विमानस्थलको टावरमा ड्युटी रहेका खत्री विमानबाट यात्रु ओर्लिने ठाउँमा जानुले नै उनको गतिविधिमा शङ्का उत्पन्न भएको थियो ।’ चार वर्षपछि कतारबाट आएका रिमालले १०/१० तोलाको चार वटा बिस्कुट आकारमा सो सुन ल्याएका थिए ।
पक्राउ दुवै जनालाई थुनामा राखी अनुसन्धान भइरहेको छ । उनले भने, ‘आज बयान लिन भ्याइएन, आइतबार विस्तृत रुपमा बयान लिन्छौँ ।’ खत्रीका साथमा विमानस्थलको सबै ठाउँमा जान मिल्नेगरी जारी गरिएको कार्ड भेटिएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण