सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

पुरस्कारको रकम मुसहर बालबालिका पढ्ने विद्यालयलाई

शनिबार, २३ वैशाख २०७४, ०९ : ३९
शनिबार, २३ वैशाख २०७४
महोत्तरी, २३ वैशाख - युवा पत्रकार तथा समाजसेवी राजकरण महतोले पत्रकारिता पुरस्कारबाट प्राप्त १० हजार मुसहर बालबालिकाका लागि खर्च गर्ने घोषणा गरेका छन् । ‘शिक्षाविद् रामइकवाल सिंह शिक्षा पत्रकारिता पुरस्कार २०७३’ ग्रहण गरेपछि पत्रकार महतोले सो घोषणा गरेका हुन् । उनले शिक्षा पत्रकारिताबाट प्राप्त पाँच हजार र पत्रिकाले दिएको पुरस्कार पाँच हजार गरी १० हजार धुर्मुस सुन्तलीले बनाएको एकीकृत नमुना मुसहर बस्ती बर्दिबासका बालबालिका अध्ययनरत जनता मावि बर्दिबासलाई दिने घोषणा गरेका हुन् । ४८ लाखको लागतमा जनता माविमा बालउद्यान, बगैँचा, पार्किङस्थल, झरना जस्ता संरचनाको निर्माण भइरहेको छ । महतोले यसअघि पनि मुसहर बस्ती निर्माण गर्नका लागि १० हजार सहयोग गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप