अन्धविश्वासले जोखिम बढ्दै : सात महिनामा १५ गर्भ तुहिए
शनिबार, २३ वैशाख २०७४, ०९ : ५४
रोल्पा, २३ वैशाख - सुत्केरी हुन जिल्ला स्वास्थ्य कार्यालय रोल्पा आएकी जङ्कोट–९ रोल्पाकी ३० वर्षीया खुमीसरा वलीको नवजात शिशुको शुक्रबार प्रसूति गराउने क्रममा निधन भएको छ ।
शिशु जन्मन एक हप्ता बाँकी रहेकै बेला शुक्रबार राति करिब १ बजेदेखि प्रसवपीडा भएपछि बिहान परिवारका साथमा वलीलाई जिल्ला अस्पताल ल्याइएको थियो । अस्पताल आइपुग्दा वलीको पाठेघरको मुख खुलिसकेको तथा शिशु उल्टो जन्मिएको प्रसूतिमा संलग्न डा नजिर खानले जानकारी दिए ।
उनका अनुसार शिशुको टाउकामा दुई पटक नाल बेरिएको र साल पाठेघरको भित्री भागमा टाँसिएर बस्नाका साथै शिशु धेरै ठूलो भएको हुँदा सहजै जन्मन सकेन । पाठेघरको मुख खुलिसकेका कारण शल्यक्रिया गर्न नमिल्ने र त्यस्तो अवस्थामा बाहिर सिफारिस गर्न नमिल्ने भएपछि थप समस्या निम्तिएको थियो ।
निकै जोखिम अवस्थामा सुत्केरी भएकी वलीको अधिक रक्तश्राव भएका कारण जिल्ला अस्पतालका ल्याब टेक्निसियन विजयकुमार शाहले सुत्केरी वलीलाई एक पिन्ट रक्तदान गर्नुभएको थियो । रक्तदानपछि थप उपचारका लागि सुत्केरी वलीलाई आज बिहान २ बजे भेरी अस्पताल नेपालगन्जमा लगिएको छ । अहिले उनको भेरी अस्पतालमा उपचार भइरहेको छ । “निकै प्रयास गर्दा पनि अभिभावकलाई जीवित बच्चा बुझाउन सकिएन तर अथक प्रयासबाट आमाको ज्यान बच्यो यो नै खुसीको कुरा हो”, डा खानले भने ।
वलीका तीन सन्तान उल्टो नै जन्मिएको आफन्तले जनाएका छन् । जिल्ला अस्पतालमा ब्लड बैंक नहुँदा पटक पटक स्वास्थ्यकर्मी तथा त्यहाँका कर्मचारीले नै रगत दिने गरेको अस्पतालले जनाएको छ । डा खानका अनुसार चालु आवमा मात्र जिल्लामा दुई महिलाले इक्ल्याम्सियाका कारण ज्यान गुमाएको तथा करिब सात महिनामा १५ गर्भ तुहिएका छन् ।
करिब सात महिनाका अवधिमा ४० गर्भवतीको सफल शल्यक्रिया भएको छ । स्वास्थ्यकर्मीका अनुसार रोल्पामा अन्धविश्वासका कारण अझै पनि जोखिम निम्तिएपछि मात्र अस्पताल आउने गरेका छन् । सुरु सुरुमा धामीझाँक्रीकै भर पर्ने र अवस्था जोखिम भएपछि अस्पताल आउने बिरामीको सहज रुपमा उपचार हुन नसक्ने डा खानले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण