तार व्यस्थापन गर्दै महानगरपालिका
शनिबार, २३ वैशाख २०७४, १० : ०१
काठमाडौँ, २३ वैशाख - काठमाडौँ महानगरपालिकाले प्रदूषण नियन्त्रणका लागि बिजुलीका खम्बामा जथाभाबी टाँगिएका तार व्यवस्थापनको काम सुरु गरेको छ ।
अहिलेसम्म त्रिपुरेश्वर, कमलादी र कमलपोखरीका खम्बाका अव्यवस्थित र भुइँमा छाडिएका तार व्यवस्थापनसुरु गरिएको कामपा, वातावरण व्यवस्थापन विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार तार व्यवस्थापनका क्रममा अहिलेसम्म कामपाले १५ ट्रक अव्यवस्थित तार निकालेर टेकुमा सङ्कलन गरिसकेको छ ।
यसरी जथाभाबी तार छरिएर रहँदा सहर कुरुप हुनाका साथै आगलागीको समस्यासमेत उत्पन्न हुने हुँदा कामपाले यस्तो अभियान सुरु गरेको हो । व्यवस्थापनकै क्रममा कामपाका प्रतिनिधिले अव्यिवस्थित रुपमा तार टाँग्ने इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसु र वल्र्ड लिंकलाई कारबाही गरेको छ ।
ती कम्पनीलाई कारबाहीस्वरुप रु २०-२० हजार जरिवानासमेत गरिएकोे छ । जथाभाबी रुपमा सडकलाई कुरुप बनाउन खोज्ने अन्यलाई पनि कामपाले यस्तो नगर्न चेतावनी दिएको छ ।
पछिल्लो समय कामपाले नमिलेको तार मिलाउने र अनावश्यक काट्ने, र फाल्ने तथा सडकमा रहेको धुलो राती पानीले पखाल्नेजस्ता कार्यलाई तीव्र रुपमा अघि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण