दुई उम्मेदवारको गाडीमा आगजनी र तोडफोड
शनिबार, २३ वैशाख २०७४, १० : १५
नुवाकोट, २३ वैशाख - नेपाली काँग्रेसबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवारको गाडीमा अज्ञात समूहले गए राति आगजनी गरेको छ ।
शिवपुरी गाउँपालिकाका अध्यक्षका उम्मेदवार रामकृष्ण थापाको बा ११ च ३४९९ नं को स्कार्पियो गाडीमा तोडफोड गरी आगजनी भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
चुनावी प्रचारबाट फर्केर राति ११ बजे पञ्चकन्या गाउँपािलका–५ शिवालयमा रोकिराखिएको अवस्थामा अज्ञात समूहले गाडीमा क्षति पु¥याएको र अहिले घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
तोडफोड र आगजनीबाट गाडीका इन्जिन, सिट, झ्याललगायतमा पूर्ण क्षति पुगेको छ ।
शुक्रबार मात्र शिवपुरी गाउँपालिका–७ मा नेकपा (एमाले)बाट वडाध्यक्षका उम्मेदवार राजाराम गुनीको प्रचार अभियानमा काँग्रेस कार्यकर्तासँग झडप भएको थियो । झडपमा घाइते भएका एमाले समर्थित चन्द्रबहादुर तामाङलाई उपचारका लागि काठमाडाँै लगिएको छ ।
दार्खा, धादिङ – थाँक्रे गाउँपालिकामा आज बिहान चुनाव प्रचारका लागि प्रयोग गरिएको एउटा गाडीमा आगजनी भएको छ ।
बिहान १ः३० बजे गाउँपालिकाको सङ्ग्रामटारमा बा ९ च ८९२९ नंको हाइलक्स जिपमा आगजनी भएको हो । नेकपा(एमाले)का तर्फबाट थाँक्रे–२ का वडाध्यक्षका उम्मेदवार राजकुमार पौडेलले आफ्नो चुनावी प्रचार सकेर घरको परिसरभित्र राखेको अवस्थामा गाडी जलाइएको हो ।
मध्य रातमा आएका तीन जनाको अज्ञात समूहले गाडीमा तोडफोड गरी पेट्रोल छर्केर आगो लगाई भागेको बताइएको छ । गाडीमा आगलागी भएलगत्तै प्रहरीले आगलागीमा संलग्नको खोजीलाई तीव्र बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण