हिटलरले विवाह गरे, पार्टी गरे त्यसपछि आफैंलाई गोली हाने, उनको जीवनको अन्तिम क्षणको रामकहानी
रेहान फजल/ बीबीसी
बैशाख २३ – सन् १९४५ को अप्रिल २५ तारिखपछि हिटलरको जीवनमा एउटै उद्देश्य बाँकी रह्यो – आफ्नै मृत्युको तयारी गर्नु ।
२५ अप्रिलमा नै उनले आफ्ना नीजि अंगरक्षक हिंज लिंगेलाई बोलाएर भनेका थिए, ‘मैले आफूलाई गोली हानेपछि तिमीले मेरो मृत शरिरलाई चान्सलरीको बगैंचामा लगेर आगो लगाइदिनु । मेरो मृत्युपछि कसैले पनि मलाई नदेखुन् र कसैले मेरो पहिचान गर्न नसकून् । त्यसपछि तिमी मेरो कोठामा फिर्ता आउ र मेरो पोसाक, कागज र मैले प्रयोग गरेका हरेक वस्तुलाई जम्मा गर र बाहिर निकालेर आगो लगाइदिनु । मात्र अंटन ग्राफले बनाएका फ्रेडरिक के तैल चित्र तिमिले नछुनु जसलाई मेरा ड्राइभरले मेरो मृत्यु पछि सुरक्षित रुपमा बर्लिनबाट बाहिर लैजानेछन् ।’
आफ्नो जीवनको अन्तिम दिनमा हिटलर जमिनबाट ५० फिट तल बनाइएको बंकरमा काम गर्दथे र सुत्दथे । उनी आफ्नो मनपर्ने कुकुर ब्लंडीलाई कसरत गराउनका लागि कहिलेकाँही चान्सलरीको बगैंचामा जान्थे जहाँ चारैतर्फ बमले ध्वस्त भएका बिल्डिङका भग्नावशेष हुन्थ्यो ।
को–को थिए हिटलरसँग ?
हिटलर बिहान पाँच वा ६ बजे सुत्न जान्थे र दिउँसो उठ्थे । हिटलरका नीजि सचिव त्राउदी जुंगा अन्तिम क्षणसम्म त्यही बंकरमा हिटलरसँग थिए ।
बीबीसीसँग एकपटक कुरा गर्दै उनले भनेका थिए, ‘अन्तिम १० दिन वास्तवमा नै हाम्रो लागि एक नराम्रो सपना जस्तो थियो । हामी बंकरमा लुकेर बसेका थियौं र रुसी हाम्रो नजिक आइरहेका थिए । हामी उनीहरुको गोलीबारी, बम र गोलीको आवाज स्पष्ट रुपमा सुन्थ्यौं ।’
[caption id="attachment_141539" align="alignleft" width="951"] हिटलरले त्यसै दिन विवाह गरे जुन दिन उनले इवासँग विवाह गरे ।[/caption]‘हिटरल बंकरभित्र बसेर कोही आएर बचाउलान् कि भन्ने आशा गरिरहन्थे । तर एउटा कुरा उनले सुरुमा नै स्पष्ट रुपमा भनेका थिए कि यदि लडाईंमा उनको जीत भएन भने उनी बर्लिनलाई कहिले पनि छोड्ने छैनन् र आत्मत्या गर्नेछन् । त्यसकारण हामीलाई पहिले नै थाहा थियो कि के हुँदैछ ।’
‘जब सन् १९४५ अप्रिल २२ तारिखमा हिटलरले हामी सबैलाई चाहेको खण्डमा बर्लिन छोडेर जानसक्नुहुन्छ भने तब उनकी प्रेमिका इवा ब्राउन सबैभन्दा पहिले बोलिन्, ‘तपाईंलाई थाहा छ म तपाईंलाई छोडेर कहिँ पनि जादिनँ... म यहिँ बस्छु ।’ अनायासै मेरो मुखबाट पनि त्यही कुरा निस्किएको थियो,’ त्राउदीले भने ।
परिवर्तन भएका थिए हिटलरः
त्यही क्रममा हिटलरको युद्ध उत्पादन मन्त्री अल्बर्ट स्पियर उनलाई भेट्न र बिदा हुन बंकरमा गएका थिए । पछि स्पियरले याद गरे कि त्यतिबेलासम्म हिटरको व्यक्तित्वमा निकै परिवर्तन आइसकेको थियो ।
‘आफ्नो जीवनको अन्तिम हप्तामा हिटलरको स्थिती यस्तो भएको थियो कि उनमाथि दया मात्र गर्न सकिन्थ्यो । उनको पूरा शरिर काँप्न थालेको थियो र उनको काँध झुकेको थियो । उनका लुगा निकै फोहोर थिए र सबैभन्दा अचम्मको कुरा त उनको मप्रतिको व्यवहार निकै नम्र थियो । म उनीसँग बिदा लिन गएको थिएँ । उनलाई थाहा थियो कि हामी अन्तिम पटक भेट्दैछौं । अन्तिम अवस्थामा उनले मलाई निकै मनछुने कुराहरु भने,’ स्पियले भने ।
हिटरको अन्तिम अवस्थाको वर्णन ‘द लाइफ एण्ड डेथ अफ अडोल्फ हिटलर’ लेख्ने रोबर्ठ पेनले पनि गरेका छन् । पेन लेख्छन्, ‘हिटलरको अनुहार सुन्निएको थियो र त्यसमा असंख्य चाउरी परेका थिए । उनको आँखामा जीवन नष्ट भइरहेको देख्न सकिन्थ्यो । कहिले काँही उनको दायाँ हात नराम्रो तरिकाले काँप्न थालेको थियो र त्यसलाई रोक्नका लागि उनले आफ्नो बायाँ हातले कापिँरहेको हातलाई समात्थे ।’
‘जुन प्रकारले उनी आफ्नो काँधबिच आफ्नो टाउको निहुराउँथे त्यसले कुनै बुढो गिद्धको आभाष दिलाउँथ्यो । उनको पूरा व्यक्तित्वको सबैभन्दा ध्यान दिनुपर्ने कुरा थियो – उनको कुनै जड्याँहाजस्तो लर्खराएको चाल । यो सायद एक बम बिस्फोटमा उनको कानको जालीमा भएको क्षतीका कारण भएको थियो । उनी केही समय हिँड्थे र केही बेरमै कुनै कुर्सी र कुनालाई समात्थे । ६ महिनाभित्र उनी १० वर्ष बूढो भएका थिए ।’
बंकरको आफ्ना अन्तिम दिनमा रहँदा नै हिटरले इवा ब्राउनसँग विवाह गरेर उक्त सम्बन्धलाई बैधानिकता प्रदान गर्ने निर्णय गरिसकेका थिए ।
आफ्नो किताब ‘द लाइफ एण्ड डेथ अफ अडोल्फ हिटरल’ मा रोबर्ट पेन लेख्छन्, ‘प्रश्न उठ्यो कि विवाह कसले गराउने ? गोएबल्सले झट्ट सम्झिए – कुनै वाल्टर ब्यागनरले उनको विवाह गराएका थिए । समस्या यो थियो कि उनलाई कसरी खोज्ने ? उनको अन्तिम ठेगानामा एक सैनिकलाई पठाइयो । बेलुका निकै मुश्किलले उनलाई हिटलरको बंकरमा पुर्याइयो । तर उनले आफूसँग विवाहको सर्टिफिकेट ल्याउन बिर्सिए ।’
हिटलरको विवाहः
‘त्यसलाई ल्याउनका लागि उनी दोस्रोपटक आफ्नो घर गए । रुसीहरुको भयानक गोलीबारी बिच भग्नावशेषले छोपिएका सडक हुँदै ब्यागनर हिटरको बंकरमा फिर्ता भए । त्यतिबेला विवाह सुरु हुन लागेको थियो र हिटलर र इवा ब्राउन ब्यग्रताका साथ उनको प्रतिक्षा गरिरहेका थिए । हिटलरले गोएबल्स र ब्राउनले बोरमनलाई आफ्नो साक्षी बनाए ।’
रोबर्ट पेन थप्छन्, ‘विवाहको सर्टिफिकेटमा हिटलरको हस्ताक्षर एक मरेको किराजस्तो देखिन्थ्यो । इवा ब्राउनले पहिलो विवाहपश्चात् लेख्न थालेको ‘ब्राउन’ थर नै लेखिन् । उनले ‘बी’ पनि लेखिन् । तर पछि उनले त्यसलाई काटिन् र स्पष्ट रुपमा इवा हिटलर ब्राउन लेखिन् । गोएबल्सले माकुराको जालोसँग मिल्दोजुल्दो हस्ताक्षर गरे तर त्योभन्दा अगाडि डाक्टर लेख्न भने भुलेनन् । सर्टिफिकेटमा तारिख लेखिएको थियो २९ अप्रिल जुन गलत थियो किनभने विवाह भइसक्दा राती १२ बजेर २५ मिनेट भइसकेको थियो । नियम अनुसार त्यसमा ३० अप्रिल लेखिनुपर्दथ्यो ।’
विवाह पछिको भोजमा बोरमन, गोएबेल्स, माग्दा गोएबेल्स, जनरल क्रेब्स, जनरल बर्गडाफ, हिटलरका दुई नीजि सचिव र उनका शाकाहारी भान्छे पनि समावेश थिए । इवाले निकै स्याम्पेन पिइन् । हिटलरले पनि स्याम्पेनको एक घुड्को पिए र पुरानो दिनबारे कुरा गर्न थाले जब उनी गोएबेल्सको विवाहमा समावेश भएका थिए । त्यसपछि अचानक उनको मुड परिवर्तन भयो र उनले भने, ‘सबै समाप्त भयो । मलाई हरेक व्यक्तिले धोका दिए ।’
आफ्नो जीवनको अन्तिम दिन हिटर केही घण्टा सुते र निकै फ्रेश भएर उठे । मृत्युदण्ड पाएका कैदी आफ्नो मृत्युभन्दा एक दिन अघिको रात मज्जाले सुतेको देख्न सकिन्छ । नुहाएर दाह्री काटेपछि उनी आफ्ना जनरलसँग भेटे । उनले अन्त्य नजिकिएको र सोभियत सैनिक कुनै पनि क्षण उनीहरुको बंकरमा छिर्न सक्ने बताए ।
हिटलरले हाने गोलीः
रोबर्ट पेन लेख्छन्, ‘हिटलरले प्रोफेर हासेलाई बोलाएर साइनाइडको क्याप्सुलमाथि विश्वास गर्न सकिन्छ कि छैन भन्ने सोधे ? हिटलरले नै त्यसको परिक्षण उनकी प्रिय कुकुर ब्लन्डीमाथि गर्ने सल्लाह दिए । परिक्षणपछि हासेले हिटललाई रिपोर्ट दिए, ‘परिक्षण सफल रह्यो । ब्लन्डी मर्न केही सेकेन्ड पनि लागेन ।’
‘हिटलरले आफैं यो दृश्य हेर्न सकेनन् । मरेपछि ब्लन्डी र उनका ६ छाउराहरुलाई एक बक्समा राखेर चान्सलीको बगैंचामा पुर्याइयो । ती छाउराहरु अहिलेसम्म आफ्नो आमाको स्तनमा टाँस्सिएका थिए । त्यतिबेला ओटे ग्वेन्शेले एक एकगरी सबैलाई गोली हाने र उक्त बक्सलाई बगैंचामा नै गाडियो ।’
साढे दुई बजे हिटलर आफ्नो अन्तिम भोजनका लागि बसे । उनले अटो ग्वेन्शेलाई २०० लिटर पेट्रोलको बन्दोबस्त मिलाएर त्यसलाई जर्किनमा भरेर बंकर बाहिरको ढोकासम्म पुर्याउने आदेश दिए ।
हिटलरका जीवनीकार इयान करशाँ लेख्छन्, ‘ग्वेन्शेले जब हिटलरका शोफर एरिक क्याम्पकालाई यसबारे जानकारी दिँदै फोन गरे तब क्याम्पका हाँस्न थाले । उनलाई थाहा थियो कि चान्सलरीमा पेट्रोलको कती हाहाकार थियो । उनले भने, ‘कसैलाई २ सय लिटर पेट्रोल किन आवश्यक पर्छ ? ’ तर ग्वेन्शेले आदेशको भाषामा ‘यो हाँस्ने समय नभएको’ बताए । क्याम्पकाले निकै मुश्किलले १ सय ८० लिटर पेट्रोलको बन्दोबस्त गरे ।’
खाना खाएपछि हिटलर अन्तिम पटक आफ्ना साथीलाई भेट्न आए । उनले साथीहरुको अनुहार नै नहेरी हात मिलाए । उनकी श्रीमती इवा ब्राउन पनि उनीसँगै थिइन् ।
उनले गाढा निलो रङको पोशाक र खैरो रङको इटालियन जुत्ता लगाएका थिए । उनको हातमा हिराजडित प्लेटिनमको घडी बाँधिएको थियो । त्यसपछि उनीहरु दुबैजना कोठाभित्र गए । माग्दा गोएबेल्स ‘हिटलरले आत्महत्या गर्नुहुँदैन, मलाई एकैछिन भेट्न दिए म उनलाई यसो नगर्न भनी मनाउन सक्थें,’ भन्दै ढोकासम्म चिच्याउँदै आइन् ।
कसैलाई भेटेनन् हिटलरः
गरहार्ड बोल्ट आफ्नो किताब ‘इन द शेल्टर विद हिटलर’ मा लेख्छन्, ‘हिटरलका अंगरक्षक ग्वेन्शे ६ फिट दुई इन्च अग्ला थिए र गोरिल्ला जस्तै देखिन्थे । माग्दा आफ्नो कुरामा यति दबाब दिइरहेकी थिइन् कि ग्वेन्शेले हिटलरको कोठाको ढोका खोल्ने निर्णय गरे । ढोका भित्रबाट बन्द थिएन । ग्वेन्शेले हिटरलाई सोधे, ‘के तपाईं माग्दालाई भेट्नुहुन्छ ?’ इवा कता थिइन् यकिन थिएन । सायद उनी बाथरुममा थिइन् किनभने भित्रबाट पानी चलाएको आवाज आइरहेको थियो । हिटलर फर्किए र भने, ‘म कसैलाई पनि भेट्न चाहन्नँ ।’ त्यसपछि उनले ढोका बन्द गरिदिए ।’
ढोकामा बाहिर उभिएका हेन्ज लिंगेलाई हिटलरले कहिले आफूलाई गोली हाने भन्ने बारे पत्तै भएन । उनलाई यसको आभाष त्यतिबेला भयो जब उनले बारुदको हल्का गन्ध महसुस गरे । रोकस मिस्च हिटरको बंकरमा टेलिफोन अपरेटर थिए ।
केही वर्ष पहिले उनले बीबीसीसँगको कुराकानीमा भनेका थिए, ‘अचानक मैले हिटलरका अटेन्डेन्ट चिच्याएर ‘लिंगे! लिंगे! सायद हिटलर रहेनन्’ भनिरहेको सुने । सायद उनले गोलीको आवज सुने तर मैले केही आवाज सुनेको थिइनँ । त्यति नै बेला हिटलरका नीजि सचिव बोरमनले सबैलाई चुप बस्न आग्रह गरे ।’
‘सबैजना निकै सानो स्वरमा कुराकानी गरिरहेका थिए । त्यतिबेला बोरमेनले हिटलरको कोठा खोल्न आदेश दिए । मैले हिटलरको टाउको मेचमा लत्रिएको देखें । इवा ब्राउन सोफामा सुतिरहेकी थिइन् र उनको घुँडा टाउकोसम्म मोडिएको थियो । उनले गाढा निलो रंगको पोशाक लगाएकी थिइन् जसमा सेतो रंगको फ्रिल लागेको थियो । मर्ने बेलामा सायद उनले आफ्नो हात फैलाएका थिए जसका कारण त्यहाँ राखिएको फूलको भास खसेको थियो । म उक्त दृश्यलाई कहिले पनि बिर्सन सक्दिनँ ।’
हेल हिटलरको वास्तविकताः
त्यसपछि लिंगेले हिटलरको शवलाई कम्बलमा बेरिदिए र त्यसलाई लिएर इमर्जेन्सी ढोकाबाट माथि चान्सलरी बगैंचामा ल्याए । बोरमनले इवा ब्राउनको शवलाई आफ्नो हातमा उठाए ।
रोकस मिस्च सम्झन्छन्, ‘जब उनी हिटलरको शवलाई मेरो नजिकैबाट लैजादैं थिए, उनको खुट्टा तल लत्रिएको थियो । कसैले मलाई चिच्याएर भने, ‘चाँडै माथि आउ । उनीहरुले बोसलाई जलाइरहेका छन् । तर म माथि गइनँ ।’
हिटलरका जीवनीकार इयान करशाँ लेख्छन्, ‘यो दृश्यलाई हिटलरका अन्तिम दिनका सबै साथीले बंकरको ढोकाबाट हेरिरहेका थिए । जब उनको शरिरमा आगो लगाइयो तब सबैले हात उठाएर ‘हेल हिटलर’ भने र बंकरमा फिर्ता भए । त्यतिबेला निकै तिब्र गतीमा हावा चलिरहेको थियो । ’
जब आगो कम भयो तब त्यसमाथि अरु पेट्रोल हालियो । साढे दुई घण्टासम्म आगो बलिरह्यो । राती ११ बजे ग्वेन्शेले एसएस जवानलाई ती जलेका शवलाई गाड्नका लागि पठाए । केही दिन पछि जब सोभियत जाँचकर्ताहरुले हिटलर र उनकी श्रीमतीको अवशेष बाहिर निकाल्यो तब सबैकुरा समाप्त भएको थियो । त्यहाँ एक डेन्टल ब्रिज पाए । सन् १९३८ देखि हिटलरको दन्त चिकित्सकको रुपमा काम गर्ने एक व्यक्तिले उक्त डेन्टल ब्रिज हिटलरको नै भएको दाबी गरे ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण