सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

भूकम्प पीडित बस्ने धराप घर :  हेर्नुहोस् ५ तस्बिर

शनिबार, २३ वैशाख २०७४, १२ : ४५
शनिबार, २३ वैशाख २०७४

भक्तपुर, बैशाख २३– घरमा मानिसले आफूलाई सुरक्षित महसुस गर्छ । सायद त्यसैले होला घरलाई सुरक्षासंग जोडेर हेर्ने गरिन्छ । २०७२ वैशाख१२ को भूकम्प त केहि समयकालागि मात्र आयो तर त्यसको असर अझ सम्म पनि भूकम्प पिडितका मन मस्तिस्कमा छ ।

भक्तपुरमा भूकम्पका कारण अंशिक क्षति भएका तर बस्न सकिने जस्ता घरहरुमा टेका लगाएर अझै सम्म मनिस बसिरहेका छन् ।

के यस्ता घरहरुले मानिसलाई सुरक्षा प्रदान गर्ला त ? आफ्नो सुरक्षाकालागि बनाइएका घरले कतिवेला किच्ने हो भन्ने त्रास जतिबलै यिनिहरुका मनमा छ ।

पुनर्निर्माण प्राधिकरणको कामले गति लिएको छैन् । सक्नेहरुलाई सरकारको मुख ताक्न परेन तर भूकम्प गएको दुई वर्ष पुगिसक्दा पनि निजि आवास अनुदान वितरण गर्न नसक्दा आर्थिक अवस्था कमजोर भएका भूकम्प पिडित हरु यसरि असुरक्षित तवरले बस्न बाध्य छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप