नोटबन्दीबारे अदालतको फैसला : नेपालमा रहेको ५ करोड भारु कागजको खोस्टा बन्ने खतरा
भारत सरकारले लागू गरेको नोटबन्दीको कारण नेपालमा रहेको ५ करोड भारतीय रुपैयाँ कागजको खोस्टामा परिणत हुने भएको छ । सोमबार भारतीय सर्वोच्च अदालतले सन् २०१६ मा नै केन्द्रीय सरकारले घोषणा गरेको ५०० दरका र १००० दरका भारु नोटबन्दीको निर्णय सदर गरिदिएको छ । योसँगै नेपाल रहेको सो दरका करिब ५ करोड भारु बराबरको नोट खोस्टा बराबर बन्ने खतरा बढेको हो ।
केन्द्रीय बैंकको तथ्याङ्क अनुसार नेपालको बैंकिङ च्यानलमा हाल अर्थात् ५ करोड ६ लाख २५ हजार ५०० रुपियाँ बराबरको भारु रहेको छ । ५०० दरका ६८ हजार १४७ थान बराबर ३ करोड ४० लाख ७३ हजार ५०० भारु र १००० दरका १६ हजार ५५२ थान बराबर १ करोड ६५ लाख ५२ हजार भार रहेको राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले जानकारी दिए ।
उता भारतले ५०० र १००० दरका भारु नोटबन्दी गरेसँगै नेपालले आफूसँग रहेको भारु सटही गर्न पटकपटक भारत सरकारसँग आग्रह गरेपनि हालसम्म कुनै सुनुवाइ नभएको बताउँदै पोखरेलले सो प्रयास अहिले पनि जारी रहने रातोपाटीसँग बताए । ‘अपलचनमा रहेको भारु सटहीका लागि नेपालले बारम्बार प्रयास गरिरहेको छ । नोट सटहीकै लागि भारती रिजर्भ बैंकसँग बैंक टू बैंक, परराष्ट्रमन्त्रालयदेखि परराष्ट्रमन्त्रालय, प्रधानमन्त्रीदेखि प्रधानमन्त्रीसम्म अनुरोध भएकै हो । तथापि, नेपालमा रहेको अपचलित भारु साट्न सकिएको छैन । तैपनि यो प्रयास अझै जारी रहन्छ,’ पोखरेलले रातोपाटीसँग भने, ‘यदि भारतले चाहने हो भने आजको भोलि नै भारु साटिन सक्छ । त्यति ठूलो रकम पनि होइन, जम्मा १५ मिलियन बराबरको भारुको शोधभर्ना दियो भने पनि नेपाललाई राहत हुन्छ’ उनले भने ।
राजस्व छली र कालोधन नियन्त्रण गर्ने भन्दै भारत सरकारले सन् २०१६ मा ५०० दरका र १००० दरका भारुको नोटबन्दीको निर्णय गरेको थियो । जुन सरकारी निर्णय विरुद्धको रिटमा भारतको सर्वोच्च अदालतले सोमबार फैसला गर्दै सही निर्णय भन्दै सदर गरिदिएको छ । योसँगै नेपालमा औपचारिक च्यानलमा अल्झिएर रहेको ५ करोड ६ लाख भारु अब के हुने भन्ने अन्योल बनेको छ भने अनौपचारिक च्यानलमा समेत करोडौँ भारु रोकिएको हुनसक्ने केन्द्रीय बैंकको आशङ्का छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण