यातायात कार्यालयबाट ७ जना बिचौलिया पक्राउ
मङ्गलबार, १९ पुस २०७९, १९ : २९
काठमाडौँ । यातायात कार्यालयहरूमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने ५ जना बिचौलियाहरू र फर्जी स्वास्थ्य परिक्षण रिपोट बनाउने कार्यमा संलग्न २ जना समेत गरी ७ जनालाई आज मंगलबार काठमाडौँ उपत्यका प्रहरी कार्यालय र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
यातायात व्यवस्था कार्यालय, एकान्तकुना ललितपुर, ठुलो भर्याङ र चाबहिलबाट ५ जनालाई र फर्जी स्वास्थ्य परीक्षण रिपोट बनाउने कार्यमा संलग्न २ जनालाई यातायात व्यवस्था कार्यालय, चाबहिलबाट प्रहरीले नियन्त्रणमा लिएको हो । निजहरूले विभिन्न यातायात कार्यालयहरूमा सेवाग्राहीहरूलाई सहजीकरण गरिदिन्छौ, छिटो छरितो रूपमा काम गरिदिन्छौ, नपुगेका कागजातहरू पुर्याईदिन्छौँ भनी विभिन्न प्रलोभनमा पारी हैरानी दिने गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण