शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

यातायात कार्यालयबाट ७ जना बिचौलिया पक्राउ

मङ्गलबार, १९ पुस २०७९, १९ : २९
मङ्गलबार, १९ पुस २०७९

काठमाडौँ । यातायात कार्यालयहरूमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने ५ जना बिचौलियाहरू र फर्जी स्वास्थ्य परिक्षण रिपोट बनाउने कार्यमा संलग्न २ जना समेत गरी ७ जनालाई आज मंगलबार काठमाडौँ उपत्यका प्रहरी कार्यालय र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । 

यातायात व्यवस्था कार्यालय, एकान्तकुना ललितपुर, ठुलो भर्‍याङ र चाबहिलबाट ५ जनालाई र फर्जी स्वास्थ्य परीक्षण रिपोट बनाउने कार्यमा संलग्न २ जनालाई  यातायात व्यवस्था कार्यालय, चाबहिलबाट प्रहरीले नियन्त्रणमा लिएको हो । निजहरूले विभिन्न यातायात कार्यालयहरूमा सेवाग्राहीहरूलाई सहजीकरण गरिदिन्छौ, छिटो छरितो रूपमा काम गरिदिन्छौ, नपुगेका कागजातहरू पुर्‍याईदिन्छौँ भनी विभिन्न प्रलोभनमा पारी हैरानी दिने  गरेका थिए  ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप