अमेजनद्वारा १८,००० भन्दा बढी कर्मचारी हटाउने घोषणा
अमेरिकाको प्राविधिक उद्योगमा, मानिसहरूलाई जागिरबाट निकाल्ने प्रक्रिया लगातार बढिरहेको छ । ट्विटर र फेसबुकपछि अब अमेजनले पनि आफ्ना हजारौं कर्मचारीलाई हटाउने घोषणा गरेको छ ।
अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जेसीले आफ्ना कर्मचारीहरूलाई लेखेको नोटमा यो जानकारी दिएका छन् । उनले आउँदो जनवरी १८ बाट प्रभावित कर्मचारीको जानकारी लिन थाल्ने लेखेका छन् । यी कर्मचारीको संख्या १८ हजारभन्दा बढी रहेको बताइएको छ जुन कम्पनीको कुल तीन लाख कर्मचारीको ६ प्रतिशत हो ।
अमेजनले नोभेम्बरमा लागत घटाउनका लागि आफ्ना केही कर्मचारीहरूलाई निकाल्ने जानकारी दिएको थियो। एन्डी जस्सीले भनेका छन्, ‘हामी यस कदमबाट प्रभावित भएकाहरूलाई मद्दत गर्ने प्रयास गरिरहेका छौं । हामीले हाम्रा कर्मचारीहरूलाई आर्थिक सहायता र संक्रमणकालीन स्वास्थ्य बीमाका साथै अन्य कम्पनीहरूमा काम खोज्नका लागि सहयोग समावेश गर्ने प्याकेज प्रस्ताव गरिरहेका छौं ।'
यससँगै उनले अमेजनले यसअघि पनि अर्थतन्त्रको खराब समयलाई पार गर्न सफल भएको र भविष्यमा पनि निरन्तरता दिने लेखेका छन् । विश्वको सबैभन्दा ठूलो ई९कमर्स कम्पनीको व्यापार विश्वका धेरै देशहरूमा फैलिएको छ। अमेजनको अमेरिका देखि भारत र युरोप सम्म सबै देशहरुमा कार्यालय र कर्मचारीहरु छन् । तर कम्पनीले अहिलेसम्म कुन कुन देशमा आफ्ना कर्मचारीहरूलाई यो कदमले असर पार्छ भन्ने कुरा बताएको छैन ।
यद्यपी कम्पनीले युरोपमा रहेका कर्मचारीहरुको प्रतिनिधित्व गर्ने संस्थाहरुसँग आवश्यकता अनुसार कुरा गर्ने बताएको छ । यससँगै कम्पनीले धेरैजसो जागिरहरू अमेजन स्टोर अपरेसन र यसका मानिसहरू, अनुभव र प्रविधि टोलीबाट जाने बताएको छ।
दुई महिना अघि, अमेजनले आफ्नो व्यापार गतिविधिहरूको वार्षिक समीक्षामा लागत घटाउने उपायहरू खोज्ने प्रयास गर्ने बताएको थियो। अमेजनले आफ्ना मानिसहरूलाई काम दिने प्रक्रिया अस्थायी रूपमा रोकेको छ।
यससँगै, अमेजनले महामारीको समयमा आवश्यकताभन्दा बढी मानिसहरूलाई रोजगारी दिएको चेतावनी दिँदै आफ्नो गोदाम विस्तार गर्ने योजना बन्द गरेको छ। अमेजनले यसअघि आफ्ना केही व्यवसायिक एकाइहरू बन्द गरिसकेको छ, जसमा पर्सनल डेलिभरी रोबोटजस्ता परियोजनाहरू पनि समावेश छन्। बदलिँदो आर्थिक अवस्थालाई ध्यानमा राख्दै यसअघि ट्वीटर, फेसबुकलगायत अमेरिकी प्रविधि जगतका धेरै कम्पनीले आफ्ना कर्मचारीलाई बर्खास्त गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण