बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा धेरै सेलिब्रेटीको मृत्युपछि थप बढ्यो कोरोनाको त्रास

शुक्रबार, २२ पुस २०७९, ०८ : ५१
शुक्रबार, २२ पुस २०७९

चीनमा कोरोनाका बढ्दो मामिलाका बीच चर्चित व्यक्तिको मृत्यु भएपछि आधिकारिक तथ्यांकलाई लिएर मानिसहरूमा शंका बढ्दै गएको छ ।

गत महिना, ओपेरा गायक चु लानलानको ४० वर्षको उमेरमा मृत्युले सबैलाई चकित बनाएको थियो ।

परिवारले यसप्रति दुःख व्यक्त गरे पनि मृत्युको कारण भने खुलाएनन् ।

त्यस्तै नयाँ वर्षमा अभिनेता कुङ जिन्ताङको मृत्युले चीनमा इन्टरनेट प्रयोगकर्तालाई स्तब्ध बनाएको थियो ।

८३ वर्षीय जोङ एक लोकप्रिय चिनियाँ टिभी शृंखला ‘इन–लज, आउट–लज’ मार्फत् घरघरमा चर्चित बनेका थिए । उनको चरित्रको नाम ‘फादर खाङ’ थियो ।

china1उनको मृत्युको कारण खुलेको छैन तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई अन्य वृद्धको मृत्युसँग जोडिरहेका छन् ।

एक प्रयोगकर्ताले विबोमा लेखेका छन्, ‘फादर खाङको आत्माले शान्ति पाओस् । यो लहरले धेरै वृद्धहरुको ज्यान लिइरहेको छ । आफ्ना बुढापाकाको पूरा ख्याल गर ।’

हालै भएका मृत्युमध्ये चर्चित पटकथा लेखक नि जेन (८४ वर्ष) र पूर्व पत्रकार हु फ्युमिङ (८७ वर्ष)को मृत्यु चर्चाको विषय बनेको छ ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार २१ देखि २६ डिसेम्बरको बीचमा देशमा विज्ञान र इन्जिनियरिङका १६ शीर्ष व्यक्तिको मृत्यु भएको थियो ।

मृत्युमध्ये कुनै पनि कोभिडसँग जोडिएको थिएन, तर सामाजिक सञ्जालमा यसको व्यापक चर्चा भयो ।

चीनको शून्य कोभिड नीति

चीनले डिसेम्बरमा आफ्नो शून्य कोभिड नीति अन्त्य गर्‍यो । यसपछि देशमा कोरोना संक्रमितको गति निकै बढेको छ ।

चीनमा अस्पताल र शवदाह गृहहरूमा भीडभाड भएको धेरै रिपोर्टहरू छन् ।

तर, चीनले कोरोनाको दैनिक तथ्यांक सार्वजनिक गर्न बन्द गरेको छ । आफ्नो मापदण्ड अनुसार चीनले डिसेम्बरमा मात्र २२ जना कोरोना केस आएको बताएको छ ।

अहिले निमोनियाजस्ता श्वासप्रश्वाससम्बन्धी रोग लागेर मृत्यु हुनेको मात्रै गणना भइरहेको छ ।

विश्व स्वास्थ्य संगठनले बुधबार चीनले कोरोनाका बढ्दो केस र मृत्युको बारेमा सही जानकारी नदिएको भन्दै चेतावनी दिइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप