फोहोरजन्य पदार्थ जलाउने कार्य विरुद्ध जनचेतना जगाउन बन्यो नाटक
काठमाडौँ । खुला फोहोरजन्य पदार्थ जलाउने कार्यको विरुद्ध आमजनमानसमा सन्देश प्रवाह गर्ने उद्देश्यका साथ रेडियो नाटक ‘सचेत’ निर्माण भएको छ । वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग र सुप्रिम म्युजिक एण्ड फिल्मस् प्रा.लिको सहकार्यमा धारावाहिक रेडियो ‘नाटक’ को रेकडिङ सकिएको छ ।
अहिले दश भाग नाटक निर्माण भएको र त्यो प्रशारणपछि सल्ला फोहोरजन्य पदार्थ जलाउने कार्यमा कमि आउने नाटकका लेखक रामकाजी घिमिरेले बताए ।
नाटकमा मोहन निरौला, सुभाष गजुरेल, उत्तम केसी, मञ्जु श्रेष्ठ, कृष्ण ढुंगाना, मुकुन्द मैनाली, शिवशंकर रिजाल, राधा श्रेष्ठ, विश्वदीप घिमिरे, सोनिका बास्तोला, शम्भुप्रसाद ढुंगाना, सचिता बुढाथोकी, प्रेम शर्मा पौडेल, विश्वराम विष्ट, नारायण चालिसे र बालकलाकारमा शान्भिथा ढुंगानाले स्वर दिएका छन् ।
नाटक काठमाडौं शहरलाई लक्षित गरी निर्माण गरिएको हो । यो नाटक सुनेपछि उपत्यकाभित्रको कुनै पनि ठाउँमा फोहोर जलाउने काम बन्द हुने र उपत्यकाको वायु प्रदूषण कम भई वातावरण स्वच्छ तुल्याउन उपत्यकावासी नै जागरुक हुने नाटकका एक कलाकार शम्भुप्रसाद ढुंगानाले बताए । रेडियो नेपालबाट प्रसारण हुने नाटकको निर्देशक रामकाजी घिमिरे र हिमाल उप्रेती रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण