कांग्रेसले विश्वासको मत दिए राष्ट्रिय सहमतिको सरकार बन्छ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसले समेत विश्वासको मत दिएमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका छन् । माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा बोल्दै प्रचण्डले काग्रेसले समेत विश्वासको मत दिने संकेत दिएको बताए ।
‘कांग्रेसले समेत हामीलाई विश्वासको मत दिने संकेत देखाएको छ । यदि कांग्रेसले समेत विश्वासको मत दिएमा यो राष्ट्रिय सहमतिको सरकार बन्छ’ प्रचण्डको भनाई उदृत गर्दै एक सांसदले भने, ‘यदि कांग्रेस लगायत अरु दलले विश्वासको मत दिएमा धेरै काम गर्न सहज हुन्छ । हामीले परिणाम देखाउन सक्छौं ।’
अहिले देशमा धेरै खालका समस्या देखिएको बताउँदै प्रचण्डले सबै समस्याको समाना गरेर अघि बढ्नुको विकल्प नरहेको बताए । यस्तै उपप्रधान तथा भौतिम मन्त्री नारायणकाजी श्रेष्ठले पार्टीको मोर्चा सरकार भएकाले प्रभावकारी बनाएर जानुपर्ने जिकिर गरे । सरकार र पार्टीलाई एक आपसमा समन्वय जनताको पक्षमा केही महत्वपूर्ण काम गर्नुपर्ने श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण