गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण शाहको नाम राख्न राप्रपा प्रवक्ताको माग
काठमाडौं । राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण शाहको नाम राख्न माग गरेका छन् । राष्ट्र निर्माता निर्माता पृथ्वीनारायण शाहलाई राज्यकोतर्फबाट दिइने सम्मानमा कुनै कञ्जुस्याइँ गरिन नहुने भन्दै उनले यस्तो माग गरेका हुन् ।
‘गोरखा नेपाली इतिहासको ऐतिहासिक भूमि रहेकोमा कसैको विमति छैन । जिल्लाको नामाकरण नै गोरखा छ, यसले हाम्रो गौरव प्रतिबिम्बित गरिरहेको छ’, उनले भने, ‘पृथ्वी भूमि भएको नगरपालिकाको नाम गोरखा कायम राखिराख्नु जरुरी छैन, नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण नगरपालिका बनाऔं ।’
सदरमुकाम क्षेत्र भएको नगरपालिकाको नाम शुरुआती अवस्थामा पृथ्वीनारायण नगरपालिका नै राखिएको स्मरण गर्दै श्रेष्ठले अकारण नाम परिवर्तन गरिएको पनि बताए । ‘नेपाल सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानको पुनः थालनी गरेको परिवर्तित सन्दर्भमा गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण नगरपालिका कायम गर्न गोरखा नगर कार्यकारिणी समिति, गोरखाका आम बुद्धिजीवी, व्यवसायी लगायत आम गोरखाबासीको ध्यानाकर्षण गराउँदछु’, उनले भने ।
पुस २७ गते पृथ्वीजयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण