दीपेन्द्रले साइन गरे नयाँ फिल्ममा
काठमाडौं । निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्ममा ‘साइन’ गरेका छन् । केही अगाडि ‘२ नम्बरी’ नामक हिट फिल्म दिएका लामा ‘लाखे’ निर्माता हरि मल्ल ठकुरीको नयाँ फिल्ममा अनुबन्धित भएका हुन् ।
फिल्मको नाम भने जुर्न बाँकी रहेको छ । ‘घामपानी’ बाट निर्देशनमा डेब्यु गरेका दीपेन्द्रले केही दिन अघि मात्रै दयाहाङ राई, मिरुना मगर र शिशिर वाङ्देललाई मुख्य भूमिकामा लिएर आफ्नो पाँचौ फिल्म ‘नाङ्गो गाउँ’ घोषणा गरेका थिए ।
हिमाल शर्माले निर्माण गर्ने सो फिल्मको सुटिङ चैत्र महिनामा हुँदैछ । ‘नाङ्गो गाउँ’ पछि मात्रै यो फिल्म फ्लोरमा जाने जानकारी निर्देशक दीपेन्द्रले दिए ।
यसअघि ‘लाखे’ फिल्म निर्माण गरेको कम्पनी ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरको प्रस्तुतिमा निर्देशक लामाकै लेखन रहने फिल्मको कार्यकारी निर्मातामा हरि मल्ल ठकुरी र निर्मातामा गणेश मल्ल ठकुरी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण