पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सम्पन्न
काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्मृतिमा विगतका वर्षहरूमा झैँ यस वर्ष पनि नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७९ विविध कार्यक्रमहरूको आयोजना गरी भव्य रूपमा मनाएको छ ।
यसै सिलसिलामा पौष २१ देखि सेनाले पौष २७ गतेसम्म एकीकरण मार्ग पदयात्रा सञ्चालन गरेको थियो । शाहबाट नेपालको एकीकरण अभियानको थालनी गर्ने बेला स्थापना भएका पाँचवटा पल्टनको प्रतिनिधित्व हुने गरी सञ्चालन भएको पदयात्रा गोरखाबाट धादिङ, नुवाकोट,काठमाडौं हनुमान ढोका हुँदै जंगी अड्डा पुगेर समापन भएको हो । उक्त पदयात्रा टोली काठमाडौं आएपछि शाहको फोटो बग्गीमा राखी नगर परिक्रममा गरिएको थियो ।
सोही अवसरमा जंगी अड्डामा आयोजित विशेष समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले जङ्गी अड्डास्थित शाहको शालिकमा माल्यार्पण गरे । यसै क्रममा कविता प्रतियोगिताका उत्कृष्ट कविताहरू वाचन गर्नुका साथै प्रा. डा. जगमान गुरुङ र प्रा. डा. घनश्याम भट्टराईबाट शाहको दिव्योपदेश सम्बन्धी प्रवचन भएको थियो । प्रधान सेनापतिले कविता प्रतियोगिता तथा लघु नाटक प्रतियोगिताका विजयी सकलदर्जा तथा छात्रछात्राहरूलाई पुरस्कृत गरेको सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण