मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सम्पन्न

बुधबार, २७ पुस २०७९, १९ : १९
बुधबार, २७ पुस २०७९

काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्मृतिमा विगतका वर्षहरूमा झैँ यस वर्ष पनि नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७९ विविध कार्यक्रमहरूको आयोजना गरी भव्य रूपमा मनाएको छ । 

यसै सिलसिलामा पौष २१ देखि सेनाले पौष २७ गतेसम्म एकीकरण मार्ग पदयात्रा सञ्चालन गरेको थियो । शाहबाट नेपालको एकीकरण अभियानको थालनी गर्ने बेला स्थापना भएका पाँचवटा पल्टनको प्रतिनिधित्व हुने गरी सञ्चालन भएको पदयात्रा गोरखाबाट धादिङ, नुवाकोट,काठमाडौं हनुमान ढोका हुँदै जंगी अड्डा पुगेर समापन भएको हो । उक्त पदयात्रा टोली काठमाडौं आएपछि शाहको फोटो बग्गीमा राखी नगर परिक्रममा गरिएको थियो । 

सोही अवसरमा जंगी अड्डामा आयोजित विशेष समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले जङ्गी अड्डास्थित शाहको शालिकमा माल्यार्पण गरे । यसै क्रममा कविता प्रतियोगिताका उत्कृष्ट कविताहरू वाचन गर्नुका साथै प्रा. डा. जगमान गुरुङ र प्रा. डा. घनश्याम भट्टराईबाट शाहको दिव्योपदेश सम्बन्धी प्रवचन भएको थियो । प्रधान सेनापतिले कविता प्रतियोगिता तथा लघु नाटक प्रतियोगिताका विजयी सकलदर्जा तथा छात्रछात्राहरूलाई पुरस्कृत गरेको सेनाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप