पोखरा विमान दुर्घटना : शव आज काठमाडौँ पठाइँदै
मङ्गलबार, ०३ माघ २०७९, ०७ : ३४
पाेखरा । आइतबार पोखरामा यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको शव आज काठमाडौँ पठाउने तयारी गरिएको छ ।
शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव यही नै आफन्तलाई बुझाउनका लागि सोमबारदेखि नै शव परीक्षण गर्न थालिएको छ । चिन्न नसकिने अवस्थाका, काठमाडौँ सहित आसपासका , विदेशी नागरिक एवं चालक दलका सदस्यको शव आज पठाउने तयारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।
“हालसम्म पहिचान भएका २०–२२ जनाको शव यही नै आफन्तलाई बुझाउने गरी परीक्षण भइरहेको छ”, उनले भने, “अन्य शव लैजानका लागि हेलिकोप्टर सोमबार नै पोखरा आइसकेको छ ।” शव पहिचान गर्ने काम पनि भइरहेको र मौसम पनि चिसो रहेका कारण आजै बिहान १०–११ बजेतिर काठमाडौँ पठाइने प्रजिअ केसीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण