इटालीको मोस्ट वान्टेड डन ३० वर्षपछि पक्राउ : मानिस खुसी हुँदै ताली बजाए, साक्षीका छोरालाई एसिडमा डुबाइदिएका थिए
इटालीका मोस्ट वान्टेड माफिया म्याटिओ मेसिना डिनेरो सोमबार सिसली सहरबाट पक्राउ परेका छन् । त्यहाँको प्रहरीले ३० वर्षदेखि उनको खोजी गरिरहेको थियो । यी खुङ्खार माफिया डनलाई पक्रन सुरक्षा बलका एक सय सिपाही तैनाथ गरिएको थियो । १० भन्दा बढी मानिसको हत्या गरेको अभियोगमा मेसिना डिनेरोलाई फिल्मी शैलीमा पक्राउ परेका छन् ।
पक्राउ पर्दा उनको स्थानीय अस्पतालमा क्यान्सरको उपचार भइरहेको थियो । प्रहरीले उनलाई समातेर बाहिर ल्याएपछि सडकमा गाडी लिएर उभिएका मानिसले ताली बजाउन थाले । मेसिना डिनेरोले एक पटक आफ्नो तारिफ गर्दै आफूले हत्या गरेर पूरा समाधि स्थललाई शवले भरिदिन सक्ने बताएका थिए ।
साक्षीका छोरालाई मारेर एसिडमा डुबाइदिए
डिनेरो इटलीमा सबैभन्दा खतरनाक माफिया कोसा नोस्तराका लागि काम गर्दथे । यो माफिया लागु औषध ओसारपसार, सम्पत्ति शुद्धीकरण जस्ता गैर कानुनी गतिविधिमा संलग्न रहेको छ । मेसिना डिनेरोलाई प्रहरी अधिकारीदेखि ११ वर्षीय बालकको हत्या गरेको आरोप पनि लगाइएको थियो । डिनेरोले सन् १९९३ मा आफू विरुद्ध साक्षी दिने एक व्यक्तिका छोरालाई अपहरण गरेका थिए । दुई वर्ष उनलाई कैदमा राखेपछि डिनेरोले उनको शवलाई एसिडमा फ्याँकेका थिए ।
डिनेराेलाई माफियाको गोप्य रक्षक मानिन्छ
सोमबार पूरै इटालीको नजर डिनेराेको गिरफ्तारीमा केन्द्रित थियो । वर्षौँदेखि सरकार उनलाई पक्राउ गर्न असफल रहेको थियो । उनलाई कब्जामा लिएपछि इटालीको माफियालाई ठुलो धक्का लागेको छ । बीबीसीका अनुसार मेसिना डिनेरोलाई कोसा नोस्ट्रा माफियाको गोप्य रक्षक भनिन्छ । प्रहरीले उनीबाट सबै रहस्य बाहिर निकाल्ने अपेक्षा गरिएको छ ।
पुलिसले भूलवश डिनेरोको साटो बन्दुक तेर्साएर फर्मुला वनका प्रशंसकलाई समात्यो
इटालियन प्रहरीले मेसिना डिनेरोलाई वर्षौँदेखि खोजिरहेको थियो । यसैका कारण २००१ मा प्रहरीले उनको स्थानबारे जानकारी पायो । प्रहरी नेदरल्याण्डको जानकारी दिइएको स्थानमा पुग्यो त्यहाँबाट बन्दुक तेर्साएर एक व्यक्तिलाई पक्राउ गर्यो । पछि थाहा भयो कि उनी माफिया डन मेसिना नभई लिभरपुलमा बस्ने फर्मुला वनका प्रशंसक थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण