ममता कुलकर्णीदेखि शक्ति कपुरसम्म, यी हुन् एक गल्तीले करियर बर्बाद भएका बलिउड कलाकार
मुम्बई– बलिउडमा यस्तौ कैयाँै सेलिब्रेटी छन्, जसले चलचित्र अभिनयबाट धेरै चर्चा कमाएका छन् । तर उनीहरूको एक गल्तीले पूरै करियर बर्बाद पनि भएको छ । ती सेलिब्रेटीमध्ये केही अहिले कलाकारिता बाहिर रहेका छन् भने केही अभिनयमा देख्न सकिन्छ । एक गल्तीले जीवन स्वहा पार्ने ती केही सेलिब्रेटी जसको चर्चा अहिले गर्न खोजिएको छ ।
ममता कुलकर्णी
९० दशककी हिट अभिनेत्री ममताको अन्डरवल्र्डसँग कनेक्सन भएका कारणले नै करियर बर्बाद भयो । उनी अन्तिम समय २००१ मा आएको चलचित्र ‘छुपा रुस्तम’मा देखिएकी थिइन् । उनले विकी गोस्वामीका साथ विवाह गरेकी थिइन् । अहिलेसम्म उनले विवाह र अन्डरवल्र्डको विषयमा केही बोलेकी छैनन् ।
शक्ति कपुर
बलिउडका रिल लाइफका भिलेन शक्ति असली जीवनमा पनि २००५ मा भिलेनको रूपमा देखिए । चलचित्र अभिनयको अवसर दिने भन्दै उनले एक महिलालाई यौन शोषण गरेको सत्य भिडियोसहित बाहिर आयो । यो विषयले बलिउडमा ठूलै चर्चाको रूप लियो ।
मोनिका बेदी
मोनिकाको पनि अन्डरवल्र्ड कनेक्सनको समाचार बाहिर आयो । यो कारणले उनले जेल सजायसमेत भोगिन् । यसपछि उनको बलिउड करियर बर्बाद भयो । लामो समयपछि उनले टिभीबाट कमब्याक समेत गरेकी थिइन् । तर सफलता मिल्न सकेन ।
विवेक ओबराय
२००३ मा विवेक ओबरायले एक कार्यक्रममा सलमान खानका बारेमा कैयाँै खुलासा गरेका थिए । सो समय उनले सलमानले आफूलाई ज्यान मार्ने धक्की दिएको बताए । यसपछि उनको करियर ओरालो लाग्यो ।
शाइनी आहुजा
२००९ मा शाइनीलाई आफ्नै नोकर्नीले रेपको आरोप लाइन् । यसपछि उनको अभिनय करियरमा बिराम लाग्यो । तर उनले यो विषयमा आफ्नो बचाउ गर्दै आएका थिए । डीएनए टेस्टमा उनले रेप गरेको प्रमाणित भयो ।
डान दाउद इब्राहिम
अन्डरवल्र्डसँग कनेक्स रहेको इब्राहिमका एक तस्बिर जब बाहिर आयो, उनको अभिनय करियर स्वाहा भयो । अन्डरवल्र्डसँग कनेक्सको तस्बिर सार्वजनिक पछि उनको हात परेका थुप्रै बिग प्रोजेक्टसमेत फिर्ता भए ।
अमन वर्मा
इन्डियन मोस्ट वान्टेडका क्रममा अभिनेता अमन वर्मा पनि एक केटीका कारणले चर्चामा आए । उनलाई एक केटीले सेक्सुअल हेरेस्टमेन्टको आरोप लगाएकी थिइन् । अमनले यो विषय अस्वीकार गर्दै आएका थिए । तर सो समय एक भिडियोले आरोपको पुष्टि गरिदियो ।
विजय राज
अभिनेता विजय राजलाई यूएई पुलिसले ड्रग्सका साथ दुबईमा पक्राउ गर्यो । सो समय उनी दुबई ‘दिवाने हुए पागल’ चलचित्र सुटिङ गर्दै थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण