दक्षिण कोरियाले भन्यो– इरान यूएईको सबैभन्दा ठूलो शत्रु, तेहरानले माग्यो जवाफ
इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले इरानलाई संयुक्त अरब इमिरेट्सको ‘सबैभन्दा ठूलो शत्रु’ भनेपछि दक्षिण कोरियासँग स्पष्टीकरण माग्ने बताएका छन् ।
दक्षिण कोरियाका राष्ट्रपतिले आफ्नो युएई भ्रमणका क्रममा यस्तो अभिव्यक्ति दिएका थिए ।
‘हामी इरान र संयुक्त अरब इमिरेट्स बीचको सम्बन्धमा दक्षिण कोरियाको बयानको अनुसन्धान गरिरहेका छौं,’ इरानको विदेश मन्त्रालयको वेबसाइटमा जनवरी १६ मा पोस्ट गरिएको एक विज्ञप्तिमा भनिएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले अबुधाबीमा तैनाथ आफ्ना सैनिकहरूलाई सम्बोधन गर्दै संयुक्त अरब इमिरेट्सका लागि इरान सबैभन्दा ठूलो खतरा भएको बताएका छन् ।
उनका शब्द थिए, ‘संयुक्त अरब इमिरेट्सको दुश्मन र सबैभन्दा ठूलो खतरा इरान हो जबकी हाम्रो दुश्मन उत्तर कोरिया हो... हाम्रो स्थिति यूएईजस्तै छ ।’
इरानको विदेश मन्त्रालयका प्रवक्ताले दक्षिण कोरियाली राष्ट्रपतिको भनाइले उनलाई इरान र युएईबीचको ऐतिहासिक र मैत्रीपूर्ण सम्बन्ध र क्षेत्रमा यस दिशामा भइरहेको सकारात्मक प्रगतिबारे थोरै पनि जानकारी नभएको देखाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण