इन्टरनेटमा भाइरल यी युवती अदालतको चक्करमा
नयाँ दिल्ली –‘ओरु आधार लभ’ नामक दक्षिण भारतीय (मलायालम) फिल्मको एक गीतमा आँखाको हाउभाउका कारण इन्टरनेटमा भाइरल भएकी अभिनेत्री प्रिया प्रकाश कोट (अदालत)को चक्करमा परेकी छन् । उनको बिरुद्ध भारतीय सर्वोच्च अदालतमा दर्ता गरिएको एफ आइ आर रद्द गर्न उनी अदालतको चक्करमा लागेकी हुन् ।
फिल्म ‘ओरु आधार लभ’ भित्र रहेको गीत ‘मनिक्या मलाराया पूवी’ बिरुद्ध हैदरावाद कोटमा रिपोट दर्ता गरिएको छ । यो गीत गलत अर्थका हिसावले चलचित्रमा प्रयोग गरिएको आरोप लगाइएको छ । गीत १९७८ मा पीएमए जब्बरले लेखेका थिए । यसको बिषयमा कोटले बुधबार आफ्नो फैसला सुनाउने भएको छ ।
किन दर्ता गरियो उनी बिरुद्ध उजुरी
– फिल्ममा गीत गलत अर्थ लाग्ने गरि प्रयोग गरिएको छ । उजुरीमा भनिएको छ । यो बिषयमा तेलंगाना र महाराष्ट्रमा समेत उजुरी दर्ता गरिएको छ ।
– चलचित्रका निर्देशक ओमर लुलुले गीत मार्फत आफुले प्रेम सबै सिमा भन्दा बाहिर हुने सन्देश दिएको बताए । उनले प्रियाको एक्सप्रेशन र गीतलाई लिएर नचाहिदो चर्चा गर्न खोजिएको आरोप लगाएका छन् ।
आँखाको चालले रातारात हिट प्रिया प्रकाश
– ‘ओरु आधार लभ’ फिल्मको ‘मनिक्या मलाराया पूवी’ गीतमा आँखाको चालबाट प्रिया रातारात हिट भएकी छन् । शान रहमानले संगीत गरेको यो गीतले २४ घन्टामा १० लाख बढी दर्शक पाएको थियो, भने गीतलाई ५० हजार बढीले लाइक गरेका थिए । गीतमा विनीत श्रीनिवासनको आवाज रहेको छ ।
– भ्यालेन्टाइको समयमा यो गीतको भिडियो क्लिपलाई अधिकाम्स युवाहरुले शेयर गरेका थिए । त्यसैले यो गीत छिट्टै भाइरहल भएको थियो ।
इंस्टाग्राममा ३५ लाख बढी फलोअर्स
प्रिया यो गीतबाट धेरै नै चर्चित बनिन् । इस्टाग्राममा मात्र उनको पलोअर्स ३५ लाख बढी पुगेको छ ।
को हुन् प्रिया प्रकाश
‘ओरु आधार लभ’ दक्षिण चारतीय फिल्म हो । यो प्रिया प्रकाशको डेब्यु फिल्म हो । फिल्मको ‘मनिक्या मलाराया पूवी’ गीतमा उनले गरेको एक्सप्रशन र स्माइलका कारणले करोडौ मानिस उनी प्रति फिदा भएका छन् ।
– १८ बर्षकी प्रिया केरलाकी निवासी हुन् । उनी अहिले थ्रिसुरको विमला कलेजमा बिकम अध्यायनरत छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण