सुरु भयो अक्षय र टाइगरको ‘बडे मियाँ, छोटे मियाँ’
मुम्बई । एक्सन हिरो अक्षय कुमार र टाइगर श्राफको मुख्य भूमिका रहने फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को छायांकन सुरु भएको छ । निर्देशक अलि अब्बास जफरले मुम्बईको यशराज स्टुडियोमा फिल्मको शुभ–मर्हुत गर्दै काम अगाडि बढाएका हुन् ।
अभिनेता अक्षय कुमार आफैंले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै फिल्मको सुटिङ सुरु भएको जानकारी दिएका हुन् । अक्षय र टाइगर एउटै फिल्ममा पहिलो पटक देखिन लागेका हुन् । अक्षयले फिल्ममा आफूलाई टाइगर श्राफले साथ दिने भन्दै फिल्मका लागि आफू उत्साहित रहेको समेत बताएका छन् ।
पूजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्म ‘बडे मियाँ छोटे मियाँ’ सन् २०२३ को अन्त्यसम्म रिलिज हुन सक्छ । अक्षय कुमारसँग अहिले थुप्रै फिल्म हातमा छन् । केही दिनअघि अक्षय फिल्म ‘हेरा फेरी ३’ लाई लिएर निकै चर्चामा थिए । त्यसपछि उनले फिल्म छोडेको खबर बाहिरियो । फिल्ममा ठाउँमा कार्तिक आर्यन भित्रिएको चर्चा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण