राजनीतिक संक्रमणकालदेखि वर्तमानसम्म सशस्त्र प्रहरीले खेलेको भूमिका प्रशसंनीय : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र प्रहरीमा कायम स्रोत र साधनको अभावप्रति सरकार जानकार रहेको उल्लेख गर्दै समस्या समाधानमा लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।
हातहतियार, गोलीगठ्ठा, आवास एवं लजिस्टिकका सामान, विपद् व्यवस्थापनका सामान, सवारी साधन, भौतिक पूर्वाधार लगायत आवश्यक उपकरण र जनशक्तिको लागि सरकारको तर्फबाट यथासम्भव पहल हुने उनको भनाइ छ ।
२२ औं सशस्त्र प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘तपाईहरूलाई श्रोत र साधनको अभाव छ भन्ने कुरा हामी सबैलाई जानकारी छ’, प्रचण्डले भने, ‘हातहतियार, गोलीगठ्ठा, आवास एवं लजिस्टिकका सामानहरू, विपद् व्यवस्थापनका सामानहरू, सवारी साधन, भौतिक पूर्वाधार लगायत आवश्यक उपकरणहरू र जनशक्तिको लागि सरकारको तर्फबाट यथासम्भव पहल हुनेसमेत विश्वास दिलाउँछु।’
प्रचण्डले राजनीतिक संक्रमणकालदेखि वर्तमानसम्म सशस्त्र प्रहरीले खेलेको भूमिका प्रशसंनीय रहेको पनि बताए । २०७२ सालको विनाशकारी महाभूकम्प लगायत विभिन्न समयमा घटेका प्राकृतिक तथा मानवसिर्जित विपदमा आफ्नो ज्यानको प्रवाह नगरी सशस्त्र प्रहरी बहादुरीपूर्वक खटिएको स्मरण गर्दै प्रचण्डले मुक्तकण्ठले प्रशंसा गरे ।
यस्तै नेपालको सीमा सुरक्षार्थ डेडिकेटेड फौजको रूपमा हिमालदेखि तराईसम्मका कठिन भौगोलिक तथा वातावरणीय प्रतिकूलता र सीमित पूर्वाधारका वावजुद सशस्त्र प्रहरीले राम्रो काम गरेको प्रचण्डले बताए । नेपालको सीमा सुरक्षार्थ उत्तर–दक्षिण, पूर्व–पश्चिम सबैतिर परिचालन गर्न, त्यसका लागि आवश्यक साधनस्रोत, सीप तालिम र प्रोत्साहनको व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको पनि प्रचण्डले बताए ।
प्रचण्डले मानव अधिकारको पूर्ण पालना र भ्रष्टाचार तथा लैङ्गिक विभेदमा शून्य सहनशीलताका नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्दै जनताको मन मष्तिस्क जित्ने गरी काम गर्न पनि सो क्रममा सशस्त्र प्रहरीलाई शुभकामना दिए ।
सो क्रममा प्रचण्डले ‘लाइफ टाइम एचिभमेन्ट’ बाट सम्मानित भएका ज्ञानेन्द्रराज राईलाई बधाइ दिँदै व्यवसायिक र व्यक्तिगत जीवनमा निरन्तर सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण