आर्सनललाई हराउँदै सिटी पाँचौँ चरणमा
शनिबार, १४ माघ २०७९, ०८ : ३२
म्यानचेस्टर । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको पाँचौँ चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा सिटी १–० गोलले विजयी भएको हो ।
सिटीको जीतमा नाथान अकेले गरेको एकमात्र गोल निर्णायक बन्यो । खेलको ६४ औँ मिनेटमा ज्याक ग्रिलिसको पासमा गोल गर्दै अकेले टोलीलाई जीत दिलाए ।
आर्सनलले पहिलो हाफमा गोल गर्ने थुप्रै अवसर पाएको थियो । तर, सिटीका गोलकिपर स्टेफन ओर्टेगाले आर्सनलको प्रयास विफल बनाएका थिए । दुई टोली अब १५ फेब्रुअरीमा लिगमा पुनः आमनेसामने हुँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण