शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आर्सनललाई हराउँदै सिटी पाँचौँ चरणमा

शनिबार, १४ माघ २०७९, ०८ : ३२
शनिबार, १४ माघ २०७९

म्यानचेस्टर । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको पाँचौँ चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा सिटी १–० गोलले विजयी भएको हो ।

सिटीको जीतमा नाथान अकेले गरेको एकमात्र गोल निर्णायक बन्यो । खेलको ६४ औँ मिनेटमा ज्याक ग्रिलिसको पासमा गोल गर्दै अकेले टोलीलाई जीत दिलाए । 

आर्सनलले पहिलो हाफमा गोल गर्ने थुप्रै अवसर पाएको थियो । तर, सिटीका गोलकिपर स्टेफन ओर्टेगाले आर्सनलको प्रयास विफल बनाएका थिए । दुई टोली अब १५ फेब्रुअरीमा लिगमा पुनः आमनेसामने हुँदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप