बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ज्ञानगुनका कुरा : भगवान् पशुपतिनाथको कतिवटा मुख छन् ?

आइतबार, १५ माघ २०७९, १० : ०१
आइतबार, १५ माघ २०७९

१, नेपालमा राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ?
(क) माघ एक गते (ख) माघ दुई गते (ग) माघ तीन गते (घ) माघ चार गते 
२, नेपालमा राष्ट्रिय भूकम्प दिवस कहिले मनाइन्छ ?
(क) माघ एक गते (ख) माघ दुई गते (ग) माघ तीन गते (घ) माघ चार गते 

३, हरियो रङ्गको पुच्छ्रेतारा कति वर्षको अन्तरालमा पृथिवीको नजिक आएको हो ?
(क) ४० वर्ष (ख) ४५ वर्ष (ग) ५० वर्ष (घ) ५५ वर्ष
४, उपमेयर मेरो साथी कार्यक्रम सञ्चालनमा ल्याउने स्थानीय तहको नाम के हो ?
(क) शिखर नगरपालिका डोटी (ख) काठमाडौँ महानगरपालिका काठमाडौँ (ग) ललितपुर उप–महानगरपालिका ललितपुर (घ) भरतपुर महानगरपालिका चितवन  
५, वीरगञ्ज र विराटनगरलाई महानगरपालिका घोषणा कहिले गरिएको हो ? 
(क) २०७४ साल जेठ १४ गते (ख) २०७४ साल जेठ १५ गते (ग) २०७४ साल जेठ १६ गते (घ) २०७४ साल जेठ १७ गते 
६, भ्रष्टाचार निवारण सम्बन्धमा जङ्गबहादुर राणाको पालामा स्थापना गरिएको अड्डाको नाम के हो ?
(क) धर्मसभा (ख) धर्मकचहरी (ग) राष्ट्रिय धर्मकचहरी (घ) राष्ट्रिय धर्मसभा

७, महर्षि वाल्मीकि पूर्वजन्ममा को थिए ?
(क) शोभाकर डाँकु (ख) जटायु (ग) रत्नाकर डाँकु (घ) कागभुसुन्डी
८, चर्चित उपन्यास माधवीका लेखक को हुन् ?
(क) राममणि दीक्षित (ख) कमलमणि दीक्षित (ग) सुन्दरमणि दीक्षित (घ) मदनमणि दीक्षित
९, माघी पर्व कुन समुदायमा प्रचलित पर्व हो ?
(क) थारू (ख) माझी (ग) सन्थाल (घ) झाँगड
१०, भकुन्डे बेसी नामक स्थान कुन जिल्लामा पर्छ ?
(क) सिन्धुपाल्चोक (ख) काभ्रेपलाञ्चोक (ग) सिन्धुली (घ) मकवानपुर 
११, भगवान् पशुपतिनाथको कतिवटा मुख छन् ?
(क) चार (ख) पाँच (ग) छ (घ) सात
                                     सही उत्तर 
१–(क), २–(ख), ३–(ग), ४–(क), ५–(घ), ६–(ख), ७–(ग), ८–(घ), ९–(क), १०–(ख) ११–(ख) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप