शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गोली लागेर घाइते भएका ओडिशाका स्वास्थ्य मन्त्रीको निधन, हमला गर्ने प्रहरी अधिकारी पक्राउ

सोमबार, १६ माघ २०७९, ११ : ०३
सोमबार, १६ माघ २०७९

ओडिशाका स्वास्थ्य मन्त्री नब किशोर दासको आइतबार गोली लागेर निधन भएको छ । उनलाई दिउँसो १ बजे झाडसुगडाका ब्रजराजनगरमा एक असिस्टेन्ट सब इन्सपेक्टर (असई) ले गोली हानेका थिए । दासलाई छातीमा दुईवटा गोली लागेको थियो, त्यसपछि उनलाई एयरलिफ्ट गरेर उपचारका लागि भुवनेश्वरको अपोलो अस्पताल लगिएको थियो । घटनाको करिब सात घण्टापछि उपचारको क्रममा उनको निधन भएको हो ।

घटनाका बेला मन्त्री ब्रजराजनगरमा एक कार्यक्रममा समावेश हुन जाँदै थिए । कारको अर्को सीटमा बसेका दास आफ्ना समर्थकलाई भेट्न ओर्लिँदा असईले उनको छातीमा दुई गोली हाने । रगताम्मे दास कार नजिकै ढले । घटनास्थलमा भएका उनका समर्थकले उनलाई समाते र एम्बुलेन्स बोलाएर अस्पताल पठाए ।

आरोपी असई पक्राउ

प्रहरीले गोली चलाउने असई गोपालदासलाई हिरासतमा लिएको छ । उनीसँग सोधपुछ गरिँदै छ तर हालसम्म आरोपीले हमलाको कुनै कारण बताएका छैनन् । यता राज्य सरकारले घटनाको अनुसन्धानका लागि सिआईडी–अपराध शाखालाई दिएको छ ।

श्रीमतीको दाबी – मानसिक रोगको उपचार गराइरहेका छन् असई

भारतीय मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने मन्त्रीमाथि गोली चलाउने असाई गोपाल दास मानसिक रुपमा बिरामी छन् । उनले पछिल्लो ७–८ वर्षदेखि उपचार गराइरहेका छन् । यो कुरा गोपालकी श्रीमती जयन्तीले भनेकी छिन् । जयन्तीले भनेकी छिन्, ‘घटनाबारे समाचारबाट नै थाहा पाएकी थिएँ । उनी पाँच महिना अघि घर आएका थिए । आइतबार बिहान मेरो र छोरीको उनीसँग भिडियो कलमा कुराकानी भएको थियो । त्यसपछि कुराकानी भएको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप