अमेरिकाको फ्लोरिडामा अन्धाधुन्ध गोलीबारी, १० जना घाइते

अमेरिकाको फ्लोरिडामा सोमबार अपराह्न भएको गोलीबारीमा १० जना घाइते भएका छन् । घटना फ्लोरिडाको लेक ल्यान्ड इलाकामा भएको हो । प्रहरी प्रमुखका स्याम टेलरका अनुसार हमलाकर्ता एक गाढा निलो रङको कारमा आएका थिए ।
घटनास्थलमा पुग्ने बित्तिकै उनको गाडीको चारै वटा सिसा खोले र अन्धाधुन्ध गोली चलाउन थाले । रिपोर्टका अनुसार दुई जनाको अवस्था गम्भीर छ । घटनापछि प्रहरी गाडीको खोजीमा जुटेको छ ।
गाडी नरोकीकनै गोली चलाए
प्रहरीका अनुसार यो गोली बारी केही मानिसलाई निशानामा राखेर गरिएको थियो । तीन जनालाई आपत्कालीन सेवाले अस्पतालमा भर्ना गरेको छ । उनीहरूको उमेर २० देखि ३५ वर्षको बीचमा छ । हमलाकर्ताले निकै तीव्र रूपमा गाडी चलाइरहेका थिए, उनले घटनास्थलमा पनि गाडी रोकेनन् ।
सीएनएनका अनुसार हमलाकर्ताले आफ्नो गति अलि कम गरेर गोली हान्न सुरु गरे । स्थिति गम्भीर भएकाहरूलाई पेट र अनुहारमा गोली लागेको छ । गोली चल्नु एक मिनेट अघि मात्रै त्यहाँ स्कुल बसले बच्चालाई उतारेका थिए । यदि घटना केही समय अघि मात्रै भएको भए त्यसमा बच्चाको ज्यानको पनि खतरा थियो । प्रहरी प्रमुख टेलरले दिएको जानकारीमा उनीहरू रात भरी हमलाकर्ताको गाडीको खोजी गर्नेछन् ।
घटनास्थलबाट गाँजा बरामद
प्रहरीका अनुसार घटनास्थलबाट भारी मात्रामा गाँजा पनि बरामद गरिएको छ । गोलीबारीका बेला त्यहाँ गाँजा बेचिँदै थियो भन्ने अनुमान गरिएको छ । यद्यपि, यसको घटनासँग सम्बन्ध के छ भनेर प्रहरीले अहिले पनि अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्कीमा हुने रुस–युक्रेनबिचको वार्तामा सहभागी हुने सोचमा छन् ट्रम्प
-
डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बुझाउने म्याद थपको सूचना पुनः जारी
-
द्वन्द्व रोक्न किन तम्सियो अमेरिका ?
-
प्रधानमन्त्री ओलीले शुभारम्भ गरे बनेपामा बन्ने फिल्म स्टुडियो ‘सिनेपाः’
-
यसअघि प्रधानमन्त्री हुँदा अहिलेको जस्तो पैसाको हाहाकार थिएन : प्रधानमन्त्री
-
रवीन्द्र मिश्र पक्राउ प्रकरण : सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर