अमेरिकाको फ्लोरिडामा अन्धाधुन्ध गोलीबारी, १० जना घाइते
अमेरिकाको फ्लोरिडामा सोमबार अपराह्न भएको गोलीबारीमा १० जना घाइते भएका छन् । घटना फ्लोरिडाको लेक ल्यान्ड इलाकामा भएको हो । प्रहरी प्रमुखका स्याम टेलरका अनुसार हमलाकर्ता एक गाढा निलो रङको कारमा आएका थिए ।
घटनास्थलमा पुग्ने बित्तिकै उनको गाडीको चारै वटा सिसा खोले र अन्धाधुन्ध गोली चलाउन थाले । रिपोर्टका अनुसार दुई जनाको अवस्था गम्भीर छ । घटनापछि प्रहरी गाडीको खोजीमा जुटेको छ ।
गाडी नरोकीकनै गोली चलाए
प्रहरीका अनुसार यो गोली बारी केही मानिसलाई निशानामा राखेर गरिएको थियो । तीन जनालाई आपत्कालीन सेवाले अस्पतालमा भर्ना गरेको छ । उनीहरूको उमेर २० देखि ३५ वर्षको बीचमा छ । हमलाकर्ताले निकै तीव्र रूपमा गाडी चलाइरहेका थिए, उनले घटनास्थलमा पनि गाडी रोकेनन् ।
सीएनएनका अनुसार हमलाकर्ताले आफ्नो गति अलि कम गरेर गोली हान्न सुरु गरे । स्थिति गम्भीर भएकाहरूलाई पेट र अनुहारमा गोली लागेको छ । गोली चल्नु एक मिनेट अघि मात्रै त्यहाँ स्कुल बसले बच्चालाई उतारेका थिए । यदि घटना केही समय अघि मात्रै भएको भए त्यसमा बच्चाको ज्यानको पनि खतरा थियो । प्रहरी प्रमुख टेलरले दिएको जानकारीमा उनीहरू रात भरी हमलाकर्ताको गाडीको खोजी गर्नेछन् ।
घटनास्थलबाट गाँजा बरामद
प्रहरीका अनुसार घटनास्थलबाट भारी मात्रामा गाँजा पनि बरामद गरिएको छ । गोलीबारीका बेला त्यहाँ गाँजा बेचिँदै थियो भन्ने अनुमान गरिएको छ । यद्यपि, यसको घटनासँग सम्बन्ध के छ भनेर प्रहरीले अहिले पनि अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण