किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । उचित मूल्य नपाएर चितवनका किसानहरूले सडकमा तरकारी फालेको भन्दै आएका समाचारहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि तथा पशुपन्छी मन्त्रालयको ध्यानाकर्षण गराउँदै किसानका माग सम्बोधनको आवश्यक पहल लिन निर्देशन दिएका छन् । शुक्रबार चितवनका किसानहरूले तरकारी र अन्य कृषिजन्य उत्पादनको उचित मूल्य नपाएको भन्दै सडकमा तरकारी फालेपछि प्रधानमन्त्रीले कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको ध्यानाकर्षण गराएका हुन् ।
चितवनमै रहेका मन्त्री साहलाई प्रधानमन्त्रीले सरोकारवाला किसानहरूसँग छलफल गरी त्यसको जानकारी आफूलाई गराउन निर्देशनसमेत दिएका छन् । प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री साहले आफूले सरोकारवाला किसानहरूसँग छलफल गरी समस्या समाधानमा आवश्यक पहल लिने र थप नीतिगत सहयोग आवश्यक परेमा प्रधानमन्त्रीलाई आग्रह गर्ने बताएकी छन्। कृषिमन्त्रीले सरोकारवाला किसानहरूसँग छलफल गरेर फर्किएपछि मन्त्री, सचिव र अन्य सरकारी अधिकारीहरू बोलाएर थप छलफल गर्नेसमेत प्रधानमन्त्रीको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीन नागरिकको व्यवस्थापन पहिलो प्राथमिकता : मन्त्री श्रेष्ठ
-
खप्तड गोल्डकप : उपाधिमा मनाङ र थ्री स्टारको दाबी
-
तस्बिरमा हेर्नुहोस्, उपाधि जितेको खुसीयाली
-
धिरज र जसिता अभिनित ‘आई एम ट्वान्टी वान’को यस्तो छ ‘योद्धा’ गीत
-
‘तिमीसँगै हुँदा’ मा कलासँग पलको रोमान्स
-
‘शिरको नाम्लो’मा सञ्चिता फकाउँदै सरोज र धिरेन