मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सेक्सपियरको नाटक ‘टुभेल्थ नाइट’ पाठशालामा मञ्चन

आइतबार, २२ माघ २०७९, ११ : ५३
आइतबार, २२ माघ २०७९

काठमाडौँ । प्रसिद्ध साहित्यकार विलियम सेक्सपियरद्वारा लिखित नाटक ‘टुभेल्थ नाइट’ काठमाडौँमा मञ्चन गरिएको छ । ओजस्वी भट्टराई र सौरभ न्यौपानेको निर्देशन रहेको नाटक शनिबार थापा गाउँस्थित पाठशाला स्कुलको थिएटरमा प्रस्तुत मञ्चन गरिएको हो ।

करिब १ घण्टा १० मिनेट लामो नाटकमा असल पुडासैनी, समिरन चालिसे, सदीक्षा भण्डारी, दर्शना नेपाल, सौर्य नरसिंह थापा लगायतका २२ जना कलाकारले नाटकमा अभिनय गरेका छन् । ती कलाकारहरू पाठशाला नेपालका कक्षा ८ र ९ का विद्यार्थी हुन् ।  काल्पनिकता र हाँसोले भरिएको नाटकमा त्रिकोणात्मक प्रेम प्रसंग समेत देखाइएको छ । 

सेक्सपियरले १६ औँ शताब्दीमा यो नाटक लेखेका थिए । प्रेम एकातिर र विवाह अर्कोतिर भएर समापन हुने यस नाटकमा भ्रम र यथार्थको सम्मिश्रणले एकापसको आकर्षणको साङ्लो चुँडिएको देखाइएको छ ।

यस अगाडि यो नाटक गत माघ १३ र १४ गते नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित पाठशाला साँझमा पनि देखाइएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप