सेक्सपियरको नाटक ‘टुभेल्थ नाइट’ पाठशालामा मञ्चन
काठमाडौँ । प्रसिद्ध साहित्यकार विलियम सेक्सपियरद्वारा लिखित नाटक ‘टुभेल्थ नाइट’ काठमाडौँमा मञ्चन गरिएको छ । ओजस्वी भट्टराई र सौरभ न्यौपानेको निर्देशन रहेको नाटक शनिबार थापा गाउँस्थित पाठशाला स्कुलको थिएटरमा प्रस्तुत मञ्चन गरिएको हो ।
करिब १ घण्टा १० मिनेट लामो नाटकमा असल पुडासैनी, समिरन चालिसे, सदीक्षा भण्डारी, दर्शना नेपाल, सौर्य नरसिंह थापा लगायतका २२ जना कलाकारले नाटकमा अभिनय गरेका छन् । ती कलाकारहरू पाठशाला नेपालका कक्षा ८ र ९ का विद्यार्थी हुन् । काल्पनिकता र हाँसोले भरिएको नाटकमा त्रिकोणात्मक प्रेम प्रसंग समेत देखाइएको छ ।
सेक्सपियरले १६ औँ शताब्दीमा यो नाटक लेखेका थिए । प्रेम एकातिर र विवाह अर्कोतिर भएर समापन हुने यस नाटकमा भ्रम र यथार्थको सम्मिश्रणले एकापसको आकर्षणको साङ्लो चुँडिएको देखाइएको छ ।
यस अगाडि यो नाटक गत माघ १३ र १४ गते नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित पाठशाला साँझमा पनि देखाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण