निर्माता संघले सञ्चारमन्त्रीलाई १९ बुँदे मागपत्र बुझायो (पूर्णपाठसहित)
आइतबार, २२ माघ २०७९, १८ : १४

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष चलचित्र निर्माता संघले १९ बुँदे मागपत्र बुझाएको छ । आइतबार मन्त्रालयमा संघका अध्यक्ष नबल खड्काको नेतृत्वमा गएको एक टोलीले फिल्म नीति, स्टुडियो, हलसँग फिल्म व्यवसायको सेयर बाँडफाँट, प्रोजेक्ट बीमालगायतका माग पेस गरिएको छ ।
हालै सम्पन्न फिल्म निर्माताहरूको राष्ट्रिय भेलाले दिएका सुझावलाई समेटेर मागपत्र सरकारलाई बुझाइएको निर्माता संघका अध्यक्ष नबल खड्काले बताए ।
पत्र बुझ्दै मन्त्री शर्माले फिल्मकर्मीको मागप्रति आफू सकारात्मक रहेको बताउँदै मागहरूलाई पूरा गर्नेतर्फ पहल गर्ने बताएकी थिइन् ।
टाेलीमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकार शिव श्रेठ, आकाश अधिकारी लगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म