बुद्धिसागरको उपन्यास 'फिरफिरे'बाट प्रेरित नाटक 'मुनमुन' मञ्चनको तयारीमा
काठमाडौँ । साहित्यका र लेखक बुद्धि सागरको उपन्यास 'फिरफिरे'बाट प्रेरित नाटक 'मुनमुन' मञ्चनको तयारीमा रहेको छ । बुद्धिसागरद्वारा लिखित चर्चित उपन्यास फिरफिरेबाट प्रेरित रहेर नाटक मञ्चन गर्न लागिएको हो ।
नाटकको लेखन तथा निर्देशन सम्राट् भुजेलले गरेका हुन् भने, श्रीसेस श्रेष्ठको सह-निर्देशनमा नाटक तयारी भएको हो । नाटकमा किशोर महर्जनको सङ्गीत रहेको छ ।
नाटकमा मनीषा ओझा, श्रीशेष श्रेष्ठ, सम्राट् भुजेल, प्रविन खरेल, सन्तोष गिरि, प्रशंसा सिवाकोटी, दिग्गज खत्री, सृष्टि महर्जन, दीपेश गजुरेल, अरुण शाह, सवि थापा, रिता साइजु, भुवन लुहार, मनोज पोख्रेल, किशोर थापा, विशाल बुढा क्षेत्रीको अभिनय रहेको छ ।
फागुन ५ गते देखि २० गतेसम्म बानेश्वर थापा गाउँ स्थित मण्डला नाटक घरमा 'मुनमुन' सोमबार बाहेक हरेक दिन साँझ ५:१५ बजेबाट मञ्चन हुने बताइएको छ । भने, शनिवार दिउँसो १ः३० र साँझ ५ः१५ मा दुई सो मञ्चन गरिने छ थिएटरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण