शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
राजनीति

जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय हुन्छ : प्रचण्ड

आइतबार, २९ माघ २०७९, १७ : ०६
आइतबार, २९ माघ २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एबम् प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवसका दिन सार्वजनिक विदा दिने निर्णय हुने बताएका छन् । केन्द्रीय बागमती प्रदेश समन्वय समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा फागुन १ गते सार्वजनिक विदा दिन लागेको बताएका हुन् । 

‘मैले फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक विदा दिने निर्णय गराउँदै छु । आज मन्त्रिपरिषद् बैठकबाट निर्णय गराउँदै छु’ प्रधानमन्त्री प्रचण्डको भनाई उदृढ गर्दै एक केन्द्रीय सदस्यले भने, ‘अरु प्रदेशबाट निर्णय भइसकेका छन् । संघीय सरकारबाट हामीले निर्णय गरेर फागुन १ गते विदा दिने निर्णय हुँदै छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप