फुकोट कर्णाली जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा
कालीकोट । फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । गत वर्षदेखि थालिएको सुरुङ निर्माण काम अन्तिम चरणमा पुगेको हो ।
कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ निर्माण हुने चार सय ८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजना २०७३ सालमा निर्माण गरी सक्ने लक्ष्य राखेको छ ।
फुकोट कर्णाली हाइड्रोका लागि पनि दुवैतर्फ पाँच सय २० मिटर सुरुङ खन्नुपर्नेमा चार सय ८० मिटर खनी सकिएको अब ४० मिटर मात्र परीक्षण सुरुङ खन्न बाँकी रहेको आयोजना प्रमुख हीरावान वाइबाले बताए ।
“जलविद्युत् आयोजनाका लागि सुरुङ निर्माण गर्नुअघि, त्यसको सम्भाव्यता अध्ययनस्वरुप परीक्षण सुरुङ खन्ने गरिन्छ,” उनले भने, “सुरुङ बनाउने पहाडभित्र त्यसका लागि उपयुक्त छ वा छैन भनेर परीक्षणका लागि सुरुङ खन्ने गरिन्छ ।”
कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाको सिस्नेगडामा एक सय ६० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १२ किलोमिटर सुरुङमार्फत भौतेगडामा पानी खसाएर पावर हाउस निर्माण हुने फुकोट कर्णाली जलविद्युत् आयोजनाले जनाएको छ ।
परीक्षण सुरुङ निर्माण गरिसकिएपछि आयोजना सुरुआत गर्दाका तथ्याङ्क र अहिले फेला परेको अवस्थाका विषयमा पुनः परीक्षण हुने आयोजना प्रमुख वाइबाले जानकारी दिए । “रक मेकानिकल टेस्ट पनि गरिन्छ,” उनले भने, “अहिलेसम्म खनिएको सुरुङ हेर्दा चट्टानी भाग निकै राम्रो फेला परेको छ । जमिनभित्र पावर हाउस निर्माण गरिने भएकाले त्यसका लागि पनि उपयुक्त हुने अनुमान गरिएको छ ।”
आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधि प्रयोग गरिएको आयोजनाका प्रमुख वाइबाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण