युनाइटेडलाई ६ वर्षपछि उपाधि
सोमबार, १५ फागुन २०७९, ०६ : २०
लण्डन । न्युक्यासललाई हराउँदै म्यानचेस्टर युनाइटेडले काराबाओ कपको उपाधि जित्न सफल भएको छ । सन् २०१७ पछि युनाइटेडले जितेको यो पहिलो उपाधि हो । उता न्युक्यासल भने सन् १९६९ यता उपाधिविहीन रहँदै आएको छ ।
युनाइटेडले पहिलो हाफमा ६ मिनेटको अन्तरमा दुई गोल गर्दै न्युक्यासलको सपना चकनाचुर पारेको थियो । खेलको ३३ औँ मिनेटमा कासेमिरोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए भने ३९ औँ मिनेटमा रासफोर्डले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा न्युक्यासल खेलमा फर्कने प्रयास गरेपनि कुनै गोल गर्न सकेन । युनाइटेडले जोसे मोरिन्होको नेतृत्वमा सन् २०१७ मा युरोपा लिगको उपाधिका साथै यही प्रतियोगिता जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण