सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युनाइटेडलाई ६ वर्षपछि उपाधि

सोमबार, १५ फागुन २०७९, ०६ : २०
सोमबार, १५ फागुन २०७९

लण्डन । न्युक्यासललाई हराउँदै म्यानचेस्टर युनाइटेडले काराबाओ कपको उपाधि जित्न सफल भएको छ । सन् २०१७ पछि युनाइटेडले जितेको यो पहिलो उपाधि हो । उता न्युक्यासल भने सन् १९६९ यता उपाधिविहीन रहँदै आएको छ ।

युनाइटेडले पहिलो हाफमा ६ मिनेटको अन्तरमा दुई गोल गर्दै न्युक्यासलको सपना चकनाचुर पारेको थियो । खेलको ३३ औँ मिनेटमा कासेमिरोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए भने ३९ औँ मिनेटमा रासफोर्डले टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा न्युक्यासल खेलमा फर्कने प्रयास गरेपनि कुनै गोल गर्न सकेन । युनाइटेडले जोसे मोरिन्होको नेतृत्वमा सन् २०१७ मा युरोपा लिगको उपाधिका साथै यही प्रतियोगिता जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप