बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्री बनेका बादल हुन् चाहिँ को ?

सोमबार, १४ फागुन २०७४, १६ : ४९
सोमबार, १४ फागुन २०७४

काठमाडौँ– प्रदेश नम्बर ३ बाट राष्ट्रियसभा सदस्य रामबहादुर थापा ‘बादल’ माओवादी केन्द्रका महासचिव पनि हुन् ।

गत माघ २४ गते भएको निर्वाचनमा बादल ३ हजार ३ सय ९६ मतका साथ राष्ट्रियसभा सदस्यमा विजयी भएका थिए ।

पहिलो संविधानसभा निर्वाचनमा चितवनको तत्कालीन २ नम्बर निर्वाचन क्षेत्रबाट   निर्वाचित भएका बादल दोस्रो संविधानसभामा भने उम्मेदवार बनेनन् । त्यसबेला उनी मोहन वैद्यले नेतृत्वको गरेको माओवादीका थिए । उक्त पार्टीले चुनाव बहिष्कार गरेको थियो ।

यसअघि माओवादी अध्यक्ष प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भएका बेला रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।

तत्कालीन प्रधान सेनापति रुक्माङ्गत कटवाल प्रकरणमा तत्कालीन रक्षा मन्त्री थापाले ‘पोजिसन’ लिएर प्रचण्डलाई उक्साएको आरोप लाग्ने गरेको छ ।

६३ वर्षीय बादल गुल्मीको बडागाउँमा जन्मिएका हुन् ।

भारतीय लाहुरे कर्णबहादुर थापा र नन्दकुमारी थापाका छोरा थापा इन्जिनिर पढ्न तात्कालीन सोभियत युनियन गएका थिए ।

नेपालबाट आईएस्सी एजी गरेर सोभियत युनियन गएका थापा नेपालमा जनवादी क्रान्ति सपना उनेर बीचमै छाडेर नेपाल फर्किए ।

लगत्तै भूमिगत राजनीतिमा होमिए ।

०३७ देखि राजनीतिमा होमिएका थापाले त्यसपछि लगातार ०६३ सालसम्म भूमिगत राजनीतिक जीवन बिताए ।  

जनयुद्ध कालमा माओवादी–सरकार वार्ता टोलीको सदस्यका रूपमा दोस्रो वार्तामा थापा सार्वजनिक भएका थिए । त्यसबेला उनी सबैभन्दा आकर्षणका केन्द्र बनेका थिए ।

थापाले ०३८ देखि ०३९ सम्म बन्दी जीवनसमेत बिताएका थिए ।

थापा राजनीतिमा प्रवेश गरेको केही समयपछि नै पार्टीको केन्द्रमा रहँदै आएका छन् । जनयुद्धको तयारीको क्रममा रोल्पामा लामो समय बसे । जनयुद्धलाई हाँक्नसमेत भूमिका निभाए ।

उनी कार्यकर्तालाई प्रशिक्षण दिन सिपालु छन् ।

थापा त्यस्ता नेता हुन्, जो पार्टीको पोलिटब्युरो सदस्यबाट साधारण सदस्यमा झरी पुनः पोलिटब्युरोमा पुगेका थिए ।

चितवनको भरतपुर नगरपालिका १० नारायणटारमा थापाका परिवार बस्छन् ।

उनका १ छोरा, १ छोरी र एक श्रीमती छन् ।

श्रीमती नैनकला थापा महिला आयोगकी अध्यक्षसमेत भइसकेकी छन् ।

पार्टी एकतापछि उनले प्रचण्डलाई निरन्तर सहगोग गर्दै आएका थिए । 

थप समाचार

उपप्रधानमन्त्री बनिसकेका  इश्वरको मन्त्रीमै सपथ ! (जीवनीसहित)

दोस्रो पटक मन्त्रिपरिषद विस्तार : पोखरेल, खतिवडा, थापा र यादवले लिए सपथ

सरकारमा उपेन्द्रलाई सहभागि गराउने प्रयासः बालुवाटारमा के भयो छलफल ?

आज माओवादीका दुई जनाले मात्रै सपथ खाने

माओवादीले बुझायो मन्त्रीहरुको नामः प्रचण्डको सचिवालय

मन्त्रिमण्डल विस्तार हुँदै, फाेरमलाई पनि समेट्ने प्रयास

माओवादी मन्त्रीको सूचि तयार

माओवादी मन्त्रीको सूचि तयार, बादल गृहमन्त्री पक्का, केही बेरमा प्रधानमन्त्रीलाई सिफारिस गर्ने तयारी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप