स्ववियू निर्वाचनमा ५ विद्यार्थी संगठन मिलेर जाने
बुधबार, १७ फागुन २०७९, २२ : ५२
१
काठमाडौँ । पाँच विद्यार्थी संगठनले आगामी चैत ५ गते हुने स्ववियू निर्वाचनमा मिलेर जाने निर्णय गरेका छन् । कांग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एकीकृत समाजवादी, जसपा र नेपाल समाजवादी निकट विद्यार्थी संगठनले स्ववियू निर्वाचनमा मिलेर जाने समझदारी गरेका हुन् ।
बुधबार राजधानीस्थित अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालयमा बसेको ती विद्यार्थी संगठनका नेताहरुको संयुक्त बैठकले सो निर्णय गरेको अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले जानकारी दिए । बैठकले चैत ५ गते हुने स्ववियु निर्वाचन जस्तोसुकै परिस्थितिमा पनि सम्पन्न गर्न साझा प्रतिबद्धता व्यक्त गरेको छ भने निर्वाचन स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न त्रिवि र नेपाल सरकारको ध्यानाकर्षण गर्ने निर्णय समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण