नागाल्याण्ड विधान सभामा पहिलो पटक देखिनेछिन् महिला विधायक
नागाल्याण्ड विधान सभा चुनावमा पहिलो पटक कुनै महिलाले जीत हासिल गरेकी छिन् । एनडिपिपीबाट हेकानी जखालुले विधान सभा चुनाव जितेकी छिन् । हेकानी दिमापुर–३ सिटबाट मैदानमा थिइन् ।
यस्तै, एनडिपिपीकी उम्मेदवार एक क्रुसे पनि वेस्टर्न अंगामी सिटबाट अघि बढिरहेकी छिन् र उनी जित नजिक छिन् । यदि क्रुसे पनि जित्छिन् भने यस पटक नागाल्याण्ड विधान सभामा दुई महिला विधायक देखिनेछन् ।
समाचार एजेन्सी पिटिआईका अनुसार नागाल्याण्डमा कुल १३ लाख १७ हजार मतदाता छन् । यीमध्ये ६ लाख ५६ हजार महिला मतदाता छन् । अर्थात् नागाल्याण्डमा महिला मतदाताको सङ्ख्या ४९.८ प्रतिशत छ ।
तर यति हुँदा हुँदै पनि सन् २०२३ अघि कुनै चुनावमा नागाल्याण्ड विधान सभामा कुनै महिला उम्मेदवार पुग्न सकेका थिएनन् ।
यसपटकको चुनावमा मैदानमा कुल १८३ उम्मेदवार थिए । यीमध्ये चार महिला मात्रै चुनाव लडिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण