धोनी, अभिषेक बच्चन, माधुरी दीक्षित जस्ता सेलिब्रेटीको नाममा कसरी भयो ठगी ?
भारतका धेरै चर्चित व्यक्तित्वको नाम प्रयोग गरी साइबर ठगीको घटना सार्वजनिक भएको छ ।
ठगी गर्ने समूहले धेरै बलिउड अभिनेता र क्रिकेटरहरूको प्यान कार्ड विवरणहरू प्रयोग गरेर ठगी गरेको आरोप छ ।
यी सेलिब्रेटीहरूमा महेन्द्र सिंह धोनी, अभिषेक बच्चन, शिल्पा शेट्टी, माधुरी दीक्षित, इमरान हाश्मीको नाम समावेश छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार डीसीपी रोहित मृणाले यसबारे जानकारी दिएका छन् । मृणाले भने, ‘अनुसन्धान जारी नै छ, यस विषयमा अहिले नै धेरै भन्न मिल्दैन ।’
दिल्ली पुलिस स्रोतले पिटिआई सँगको कुराकानीमा पक्राउ परेका अभियुक्त पुनित, मोहम्मद आसिफ, सुनिल कुमार, पंकज मिश्रा, विश्व भास्कर शर्माको नाम समावेश छ ।
अभियुक्तले अनलाइन उपलब्ध जिएसटी नम्बरबाट केही सेलिब्रेटीहरूको प्यान कार्ड विवरणहरू निकाले र त्यसपछि पुणे स्थित कम्पनीबाट क्रेडिट कार्ड बनाए ।
कम्पनीले यो कुरा थाहा पाएसम्म कार्ड प्रयोग गरेर २१ लाख भारुको खरिद गरिसकेको थियो ।
स्रोतले पीटीआईलाई दिएको जानकारी अनुसार अभियुक्तले चर्चित हस्तीको गुगलमा भएको जिएसटी नम्बर, जन्म मितिको प्रयोग गरे र त्यसपछि प्यान कार्ड बनाएर त्यसमा आफ्नो तस्बिर राखिदिए ।
उदाहरणका लागि एउटा प्यान कार्डमा अभिषेक बच्चनको प्यान कार्ड नम्बर, जन्म मिति थियो तर फोटो एक अभियुक्त पंकज मिश्राको राखिएको थियो ।
क्रेडिट कार्ड दिनका लागि यी सबै सेलिब्रिटीको अनिवार्य क्रेडिट स्कोर पूर्ण रूपमा सही थियो । यस्तोमा अभियुक्तलाई क्रेडिट कार्ड पाउन समय लागेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण